कृषि विद्युतीकरण अलपत्र
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सिँचाइका लागि गरिएको कृषि विद्युतीकरण लामो समयदेखि अलपत्र रहँदा किसान मारमा परेका छन् ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
गभारो किराको प्रकोपले मकै किसान चिन्तामा
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिकरूपमा गरिएको मकै खेतीमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् ।
जुनार खेतीमा जङ्गली जनावरले दुःख दिएको कृषकको गुनासो
रामेछापका जुनार कृषकहरूले जुनार खेतीमा पनि बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिन थालेको गुनासो गरेका छन् । पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको कृषकहरूको गुनासो छ ।
कृषि ऐन ल्याउने सरकारको तयारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ ।
कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् ।
औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् ।
जगतबहादुरको निवृत्त जीवन सुन्तला खेतीमा
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।
अनुदानमा मकैको बीउ वितरण गरिने
गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।
झाडी फाडेर सुन्तला बगान
कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय वन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरूले पालुवा फेर्नै पाउन छोडेका छन् ।बनसँग आश्रित भएर बाख्रा पाल्ने किसानले घाँस प्रजातिका वनस्पतिले पालुवा फेर्ने बित्तिकै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ पाक्न छोडेको छ । बीउ पाक्न नपाएपछि नयाँ बिरुवा समेत उम्रिन छोडेका छन् ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी
जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ । उहाँले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गर्नुभएको छ ।
किसानले जोते तरकारी
तरकारी बिक्री नभएपछि चितवनका किसानले खेतमै ट्याक्टरले जोतेर नष्ट गरेका छन् । टिप्ने श्रमको ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गरेका हुन् ।
कृत्रिम गर्भाधानमा किसान आकर्षित
लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा ८४ हजार बढी पशुमा कृत्रिम गर्भाधान गराइएको छ ।
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
मेलुङका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित
दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित देखिएका छन् ।
तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
भरतपुर महानगरपालिका-१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो ।