पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पा, फागुन २६ गते । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउनुुहुन्छ । उहाँले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाउनुभएको छ ।“शनिबार र आइतबार दुई दिनसम्म १६÷१७ जनाले आलु खन्ने काम भएको छ”, उहाँले भन्नुभयो, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उहाँले यस पटक चार क्विन्टल आलु लगाउनुभएको छ । उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित हुनुहुन्छ । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उहाँको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गर्नुभएका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आउनुभएको छ । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उहाँले बताउनुभयो ।“आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन”, उहाँले भन्नुभयो । उहाँले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्नुहुन्थ्यो । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थाल्नुभएको छ । रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उहाँले व्यावसायिक उत्पादनमा जोड दिनुभएको हो । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताउनुभयो । आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उहाँको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् । यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ । रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहनुभएको छ । उहाँले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राख्नुभएको छ । रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् । रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।
सवा छ अर्बको लसुनको खोजी
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ ।
दश करोडको सुन्तला बिक्री
गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ ।
मर्स्याङ्दी र दोर्दीमा व्यवसायिक अकबरे खेती
लमजुङको मर्स्याङ्दी र दोर्दी गाउँपालिकामा व्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिँदै छ ।
अनुदानमा पाएका दर्जनौं कृषि फार्म अलपत्र
कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजिकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् ।
कृषकलाई अनुदान दिनेमा सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी
कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मध्यविन्दु कृषि प्रविधि तथा रैथाने खाना महोत्सवको बिहीबार उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दैै सूर्योदय नगरपालिका
सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।
बाँदर धपाउन ड्रोनको प्रयोग
बाँदरबाट आतङ्कित बनेका दोलखाको मेलुङ गाउँपालिका–७ का किसानहरूलाई राहत दिन ड्रोन प्रयोग गर्न लागिएको छ । बाँदर धपाउन बन्दुकलगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो नयाँ प्रविधि अपनाउन लागिएको वडाध्यक्ष नवराज खडकाले जानकारी दिनुभयो ।
पर्वतमा ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन
पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र समेत वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ ।
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।
आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्दै काठेखोलाका आमाहरू
जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरूले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरू समूहमा आबद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुटेका हुन् ।
चौँरी प्रवर्धन गर्दै सिरिजङ्घा गाउँपालिका
सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवद्र्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत
जुम्ला, फागुन १७ गते । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो ।ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का स्थानीय किसान दुर्गा शाहीले बताउनुभयो ।जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ । रासस
असिनापानीले कृषिबालीमा नोक्सान
कैलालीमा शनिबार बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ । वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो ।
बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी
बैतडीलगायत सुदूरपरिचमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको छ ।
हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निरास
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ ।
सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको छ : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ । मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पानी नपर्दा कृषक निराश
जिल्लाका कृषकहरु हिउँदे वर्षा नहुँदा निराश भएका छन् । बर्खायाममा समेत वर्षा नहुँदा बाली उत्पादनमा घाटा व्यहोरेका बैतडीका कृषकहरु हिउँदे वर्षा नहुँदा झन निराश भएका छन् ।
लक्ष्यको तुलनामा कम धान खरिद
नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।
कालीगण्डकीमा वास्तविक किसानको पहिचान गर्न गणक गाउँमा
कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका वास्तविक किसानको पहिचान गर्न वडा वडामा गणकहरू खटाएको छ । पालिकाभित्र रहेका नागरिकहरु कति सङ्ख्यामा कृषि पेशामा आवद्ध छन् भन्ने वास्तविक तथ्याङ्क लिनका लागि प्रत्येक वडामा गणकहरु खटाइएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
थाहामा कृषि सामग्री वितरण
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा कृषि सामग्री वितरण गरिएको छ ।
हावाहुरीले केरा खेतीमा क्षति
दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।
गुल्मीमा २४ करोड बढीको सुन्तला उत्पादन
गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यस जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
सखर बनाउन व्यस्त किसान
रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको दैनिकी हो । गत मङ्सिर ३ गतेदेखि उखु पेलेर सखर पकाउन थाल्नुभएका उहाँको यो दैनिक चैत पहिलो सातासम्म चल्छ ।