वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राडा चूडामणि बन्धु र वरिष्ठ पत्रकार भूषण दाहाललाई यस वर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार र राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पुरस्कार प्रदान गर्नुभएको हो ।
मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ज्वालासिंह साउँद विजयी हुनुभएको छ । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार साउँदले पाँचहजार १४४ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नृपबहादुर खड्काले चारहजार ४८४ मत प्राप्त गरेर विजयी भएका छन् ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा काँग्रेस अत्यधिक बहुमतका साथ विजयी भएको छ ।
निर्वाचनमा एक मतले हारजित हुन्छ तर त्यस्तो अवस्था कमै हुने भए पनि यस पटकको स्थानीय तह निर्वाचनमा हालसम्म सात जना एकै मतका आधारमा निर्वाचित हुनुभएको छ । सोमबार साँझसम्म महोत्तरी र काभ्रेपलाञ्चोकका तीन/तीन जना र सिरहाका एक जना एक मतको अन्तरमा वडाध्यक्षमा विजयी हुनुभएको खबर प्राप्त भएको छ । महोत्तरी समाचारदाता विजयकुमार महतोका अनुसार महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रञ्जितकुमार चौधरी एक मतले विजयी हुने भाग्यमानी वडाध्यक्ष बन्नुभयो । चौधरीले ३६६ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मोहम्मद अनामुल राइनले ३६५ मत प्राप्त गर्नुभयो ।
कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ विजयी भएका हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङ विजयी हुनुभएको छ ।
कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ ।
बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो ।
सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिला गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षहरूमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ ।
रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउँद र उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएका छन् । अध्यक्ष पदमा साउँदले तीनहजार १२७ मतले विजयी भएका हुनुभएको छ ।
शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभएको हो ।
काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ । सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ ।हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो ।
दयपुरको तीन वटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पछिल्लो सार्वजनिक मत परणाम अनुसार रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ ।
नेपाल र भारतका दुई सरकारी निकायबीच अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित समारोहमा नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।