• १५ चैत २०८०, बिहिबार

रामारोशन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

blog

रामारोशन गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका मानबहादुर साउँद । तस्बिर : गोरखापत्र

शिवराज ढुंगाना 

अछाम, जेठ ३ गते । रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउँद र उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएका छन् । अध्यक्ष पदमा साउँदले तीनहजार १२७ मतले विजयी भएका हुनुभएको छ । 

माओवादी केन्द्रका पहलबहादुर साउँदले अध्यक्षमा दुईहजार ८९७ मत प्राप्त गरेर पराजित हुनुभएको छ । अध्यक्ष पदमै नेकपा (एमाले)का चक्रबहादुर रावलले दुई हजार ७९७ मत पाएर पराजित हुनुभएको छ । 

उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढाले तीनहजार २८ मतले विजयी हुनुभएको उपाध्यक्षमा एमालेका उम्मेदवार वसन्ती साउँदले दुई हजार २२८ मतमा पराजित हुनुभयो । उपाध्यक्षमै नेकपा (एकीकृत समाजवादी) का ताराप्रसाद खनालले दुईहजार १६२ मतले पराजित हुनुभएको छ । सात वडा रहेको रामारोशन गाउँपालिकामा रामारोशनमा तीन माओवादी केन्द्र, एमाले र काँग्रेसले दुई/दुई वडा जितेका छन् । 

रामारोशन गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीचमा तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए । स्थानीय तह निर्वाचन २०७४ मा रामारोशन गाउँपालिकामा माओवादी केन्द्रले बहुमत वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।