स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका सबै पालिकाको मतगणना परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौवटै स्थानीय तहको परिणाम सार्वजनिक भएको हो । यस पटकको निर्वाचनमा सुर्खेतमा नेकपा एमालेले केही सुधार गरेर एमाले र काँग्रेस बराबर रहेका छन् ।
७५३ स्थानीय तहमध्ये ११ वटामा दलित समुदायले नेतृत्व गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट चुनावी मैदानमा उत्रिएका मध्ये हालसम्म ११ स्थानीय तहमा दलित समुदाय निर्वाचित भएका हुन् ।
नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ ।
स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार मीना लामा विजयी बन्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये शुक्रबार साँझसम्म ७८ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले ३५, नेकपा (एमाले) ले २३, नेकपा (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले तीन, एकीकृत समाजवादी दुई र बैतडीको डिलासैनीमा एमालेबाट विद्रोह गरेका एक स्वतन्त्रले पालिका प्रमुख जितेका छन् ।अब कैलालीका चार, अछामको एक, बाजुराका दुई र कञ्चनपुरका चारवटा पालिका गरेर १० वटा पालिकाको नतिजा आउन बाँकी छ ।
यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख-अध्यक्ष निर्वाचित हुने स्थानीय तहको सङ्ख्या तीन सय पुगेको छ । शुक्रबार राति अबेरसम्म आएको मत परिणामअनुसार काँग्रेसका उम्मेदवारहरूले तीन सय स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
स्थानीय तह सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका अधिकांश स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार पाँचदलीय गठबन्धन अगाडि रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो स्थानमा छ । मत परिणाम सार्वजनिक भएका स्थानीय तहहरूमा धमाधम पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दुई हजार क्विन्टलभन्दा बढी खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरी सिमकोट पु-याइएको छ । यसअघि ढुवानीको जिम्मा पाएका निजी वायुसेवा कम्पनीले नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी गर्न नसकेपछि सो खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको हो ।
शुक्रबार साँझ आएको हावाहुरीमा परी चितवनमा तीन जनाको मृत्यु भएको छ । यता राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दस वटाभन्दा बढी आन्तरिक उडान अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार चितवन महानगरपालिकाको वडा नं. ११, भोजाडमा अटोरिक्सा च्यापिँदा चालक प्रदीप लामा र एक महिलाको मृत्यु भएको छ । बसेनीमा म्याजिक भ्यान च्याँपिदा लोकनाथ न्यौपानेको मृत्यु भएको छ । हावाहुरीका कारण नारायणी पुलमा ट्रक पल्टिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटना अन्तर्राष्ट्रिय समस्या हो । विश्वभर सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेको सङ्ख्या करिब १३ लाख रहेको तथ्याङ्कले देखाउँछ । दुर्घटना न्यूनीकरण गर्न विश्वभर नै विभिन्न सङ्घसंस्था क्रियाशील भए पनि अपेक्षित नतिजा आउन सकेको छैन । नेपालमा पनि सडक दुर्घटनामा परी दैनिक सात÷आठजनाले ज्यान गुमाइरहेका छन् ।
तानसेन नगरपलिकाले गरिबी निवारणका लागि कृषि स्वरोजगार कार्यक्रम कार्यान्वयन गरी गरिबी निवारणमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । बाध्यतावश वैदेशिक रोजगारीमा आकर्षित भएका छन् नेपाली युवा । युवा शक्तिको अभावले नेपाली उर्वरभूमि बाँझो रहेको छ भने खाद्यान्न र अन्य अति आवश्यक वस्तुमा पनि नेपाल परनिर्भर हुँदैछ । हाल छिमेकी राष्ट्र भारतलगायत विभिन्न मुलुकबाट खाद्यान्न, तरकारी, फलफूललगायत विभिन्न वस्तु नेपाल भित्रिएको छ भने हाम्रो मुद्रा बाहिर गइरहेको छ । केही वर्ष अगाडिसम्म नेपालले उत्पादन गरी विदेश निर्यात गर्ने गरेका वस्तुहरू पनि अहिले नेपालले विदेशबाट आयात गर्न परिरहेको छ । बेरोजगार र विपन्नताका कार
कृषि, वन र सिमसार क्षेत्र जैविक विविधताका भण्डार हुन् । त्यहाँ पाइने जीवजन्तु, वनस्पतिका प्रजाति र तिनमा पाइने भिन्नता जैविक विविधता हो
सेती नदीको खोचलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवाला र विज्ञबीच बहस सुरु भएको छ । युनाइटेड क्लब पोखराको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भूगोलविद् प्रा. डा. कृष्ण केसीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सहभागी केही विज्ञले पर्यटन विकाससँग केन्द्रित भएर आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने छ ।
काठमाडौं, वैशाख ६ गते। गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।