• १३ साउन २०८१, आइतबार

लम्कीचुहाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी

blog

लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी । तस्विरः एकिन्द्र तिमिल्सेना

कैलाली, जेठ ७ गते । लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ ।

कांग्रेसबाट  उम्मेदवार बन्नुभएका  शाहीले गठबन्धनका तर्फबाट  १२ हजार ७१३ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तथा यस अघिका नगरप्रमुख महादेव बजगाईलाई दुई हजार २७८ मतले पराजित गर्नुभएको छ । बजगाईले १० हजार ४३५ मत पाउनु भएको छ ।

उपप्रमुखमा भने एमाले उम्मेदवार जुना चौधरीले ११ हजार ७०८ मत पाई गठवन्धनकी उम्मेदवार जानकीकुमारी सिंहलाई दुई हजार ४०० मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । सिंह माओवादीको तर्फबाट गठवन्धनकी उम्मेदवार हुनुहुन्छ । सिंहले आठ हजार ३०८ मत प्राप्त गर्नु भएको लम्कीचुहाका निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिनुभयो ।

प्रमुखमा विजयी शाही २०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार भैसक्नु भएको छ भने एमालेबाट उपप्रमुख विजयी चौधरी राष्ट्रिय नमूना मावि मोतिपुरमा १७ वर्ष सामाजिक विषय शिक्षक भई अध्यापनरत हुनुहुन्थ्यो । 

१० वटा वडा रहेको लम्कीचुहामा नेपाली कांग्रेसले पाँच वडा, नेकपा एमालेले  दुई वडा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एकएक वटा वडामा विजय प्राप्त परेका छन् । 

Author

एकिन्द्र तिमिल्सेना