वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबा
सुदूर क्षितिजको डाँडाबाट घाम डुब्नै आँटेको थियो । म उभिएको भूमेथान डाँडाबाट आजको अन्तिम पाइला उठाउने तरखरमा थिए घामका किरण । साँझपखको नीलो तुँवालोले टाढाटाढाका बस्ती छोपिन थालेका थिए । उत्तरतिरका नीला डाँडाका टुप्पामा अलिकति चम्किलो, पहेँलो वस्त्र टाँसिएझैँ देखिन्थ्यो । ती डाँडामुनि बाक्लिँदै गएको नीलिमामय प्रशान्तभित्र धर्ती विश्राम गर्न लागिरहेको थियो । मेरा नजिकमा शताब्दीआँै पुरानो वरको रुखका हाँगामा कौवा भने अझै खेलिरहेका थिए । अन्यत्रबाट रुखतिर आउँदै गरेका अन्य चराका पखेटामा घामको प्रकाशले छुन छोडिसकेको थियो । पन्छीजगत्ले आफ्नो दिनचर्याबाट छुट्टी लिन अब धेरै बेर बाँकी थिएन ।
रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । रुपन्देहीको सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतियालगायत पालिकाका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले शपथ लिनुभयो ।
धनुषाको हँसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा प्रदिपकुमार यादव र उपप्रमुखमा दुर्गा देवी निर्वाचित हुनुभएको हो ।
अहिले जुन थुम्कोमा गोरखा दरबार छ, कुनै समय त्यही ठाउँमा बसेर मगर राजाले शासन चलाउँथे । त्यहाँबाट मगर राजालाई विस्थापित गरेर गोरखामा शाहवंशको शासन सुरु भएको हो । गोरखाकोटमा बसेर शासन चलाउने तत्कालीन राजा खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली–२०७८: ९) । खड्का मगर राजा र द्रव्य शाहबीच घमासान युद्ध भयो । खड्का मगर राजा मारिए । त्यसपछि द्रव्य शाह त्यहाँका राजा भएका हुन् । उनले गोरखामा शाहवंशको राज्य स्थापित गरे । गोरखाली राजखलक काश्यप गोत्रका ठकुरी शाह हुन् (बाबुराम आचार्य, पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९ः१६३) ।
बिद्युत सेवा नभएको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनीग्रीडको निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । ५० किलोवाट क्षमता उक्त योजना जेठ अन्तिमसम्म उक्त मिनीग्रीडबाट बिद्युत उत्पादन गर्ने भएपछि कामलाई तिब्रता दिईएको हो ।
मधेस प्रदेशका जिल्लाहरूको निर्वाचन परिणाम आउने क्रम जारी छ ।धनुषाको नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । जनकपुरधाम समाचारदाताका अनुसार नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विनयकुमार यादव ४२ मतान्तरले निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)की राधादेवी यादव निर्वाचित हुनुभएको छ । प्रमुख यादवले पाँच हजार ५५६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामबाबु पजियारले पाँच हजार ५१४ मत प्राप्त गर्नुभएको छ ।
हावाहुरीका कारण चितवनमा तीन जनाको मृत्यु र १५ जना भन्दा वढी घाइते भएका छन् ।
नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शुक्रबार एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण खेल्न २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ । प्रशिक्षक अल्मुताइरीसँगको मनमुटावपछि टिम बाहिर रहेका दस सिनियर खेलाडीसँगै कप्तान किरण चेम्जोङलाई पनि टिममा सामेल गरिएको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी थालेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
नेपालको फुटबलमा आधुनिकीकरण र व्यावसायिकता हाम्रो प्रतिबद्धताको नारासहित पङ्कजविक्रम नेम्वाङले शुक्रबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता ग्राउनुभयो । उहाँको उम्मेदवारीमा झापा फुटबल क्लबका अध्यक्ष भागीरथ आले प्रस्तावक र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री समर्थकमा हुनुहुन्छ ।
१५ वर्षीया लेग स्पिनर हिरान्मयी रोय आफ्नो पदार्पण खेलमा नै निर्णायक प्रदर्शन गरेपछि नेपालले शुक्रबार चौथो महिला टी–२० एकदिवसीय खेलमा युगान्डालाई १५ रनले हराएको छ । सुरुका तीन खेल हारेर घरेलु टिम नेपालले पाँच खेलको शृङ्खला युगान्डालाई सुम्पिसकेको छ । त्यसैले नेपालको यो सान्त्वना जित भएको छ । नेपालले शनिबार अन्तिम खेलमा पनि युगान्डालाई हराएर आफ्नो प्रतिष्ठा जोगाउने प्रयास गर्नेछ ।
लुम्बिनी प्रदेशमा सार्वजनिक नतिजाअनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ ।
गण्डकी प्रदेशमा रहेका ८५ पालिकामध्ये १५ वटामा प्रमुखमा महिलाको उम्मेदवारी परेकोमा तीनवटा पालिकामा मात्र महिला प्रमुख निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मोदी गाउँपालिका पर्वतमा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा छ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ ।