• २२ असार २०८१, शनिबार

तीन नयाँ चलचित्र प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ७ गते । आजबाट देशभर तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । कलिउडको एउटा र बलिउडका दुईवटा चलचित्र प्रदर्शनमा आएका हुन् । नेपाली चलचित्र ‘लाइफ इन एलए’ र  बलिउडका दुई चलचित्र ‘भुलभुलैया २’ र ‘धाकड’ प्रदर्शनमा आएका हुन् । 

चलचित्र ‘लाइफ इन एलए’ लाई  सूर्य एन श्रेष्ठले निर्देशन गर्नुभएको हो । व्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ । चलचित्र अमेरिकामा बस्ने नेपालीको कथामा आधारित छ ।

बलिउड चलचित्र  ‘भुलभुलैया २’ पुरानो चलचित्र भुलभुलैयाको सिक्वेल हो ।  कमेडी हरर जनरामा बनेको चलचित्रमा कार्तिक आर्यन, कायरा आडवाणी र तबुको मुख्य भूमिका रहेको छ ।कङ्गना रनावतको अभिनय रहेको चलचित्र  ‘धाकड पनि आजै प्रदर्शनमा आएको छ । एक्सनले भरिपूर्ण चलचित्रमा कङ्गनासहित अर्जुन रामपाल र दिव्या दत्ता पनि मुख्य भूमिकामा देखिएका छन् ।