• २० असोज २०८१, आइतबार

फोर–जी ग्राहक करोडभन्दा बढी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते । नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टु–जी प्रविधिका ग्राहक रहेको कम्पनीले जनाएको छ । २०७८ फागुनमा फोर–जी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्री–जी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।