जाजरकोटमा कृषकहरुले बाली भित्र्याउनको लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । कृषिमा आधुनिकिकीकरणसँगै नयाँ नयाँ प्रविधिको खोजी गर्ने यहाँका कृषकहरु बाली लगाउन र भित्र्याउनसमेत आधुनिक यान्त्रिकरणको प्रयोग गर्न थालेका छन् । पहिले गहुँबाली काटेपछि गोरुको माध्यमद्धारा गहुँ मिर्ने यहाँका किसानहरु अहिले थ्रेसर मेशिनमार्फत् गर्न थालेका छन् ।
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्याेट गर्न थालेका छन् । संस्थागत बेरुजु फस्र्याेट गर्नेतर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको आ
इश्वरचन्द्र झाकाठमाडौँ, वैशाख ५ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको ‘कल सेन्टर’मा जिज्ञासाको चाप बढेको छ । आयोगले स्थानीय तह निर्वाचन सम्बन्धमा सर्वसाधारणलाई लागेको जिज्ञासाको जवाफ दिन र आचारसंहिता उल्लङ्घनका घटनाबारे गुनासो गर्न चैत १५ देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक तीन सयभन्दा बढी फोन आएको बताउनुभयो । सर्वसाधारणले आयोगको कल सेन्टरमा मतदाता नामावलीमा नाम समावेश, मतदाता परिचयपत्रको प्रतिलिपि कसरी र कहिले पाउने, आचारसंहिता उल्लङ्घनका घटनाबारे सोधपुछ गरेको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “कल सेन्टर अत्यन्तै प्रभावकारी भएको छ, कर्मचारीले जवाफ दिन नसकेको प्रश्न सम्बन्धित शाखाका प्रमुख वा सहायकसमक्ष राखिने व्यवस्था गरिएको छ ।” कल सेन्टरको निःशुल्क नम्बर ११०२ मा आएको सवालको जवाफ चार जना कर्मचारीले दिने गरेका छन् । अन्य प्राविधिक र व्यवस्थापनका गरी नौ जना कर्मचारी कार्यरत छन् ।
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, वैशाख ५ गते । ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको छ । मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार वातावरणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चा पदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ । भट्टराईले गोबर, खरानी, अन्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर (मिश्रण) स्रोत केन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताउनुभयो । उल्लेखित निर्माणसामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूूलित प्रकृतिको हुने पनि उहाँले बताउनुभयो । अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।यता केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास राखिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो । स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन, सदुपयोगसहित पर्यटन प्रवर्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको शेर्पाले बताउनुभयो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनी स्थलका रूपमा विकास गर्ने योजना रहेकोस उहाँको भनाइ छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय बैठकमा विद्युत् सञ्जाल विस्तारका लागि प्राविधिक तथा नीतिगत समन्वय क्षमता विस्तारबारे छलफल हुने भएको छ । बुधबार र बिहीबार हुने ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल रूपमा नेपालले आयोजना गर्नेछ । बिम्स्टेकमा बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । यस पटकका लागि बिम्स्टेक क्षेत्रमा विद्युत् प्रसारण लाइन सञ्जालको एकीकृत योजना निर्माण, विद्युत्को व्यापार सहजीकरण र भारतको बैङ्ग्लोरमा स्थापना गर्ने भनिएको बिम्स्टेक ऊर्जा केन्द्रको विषय मुख्य एजेन्डा रहेका छन् ।
हुुम्ला समाचारदाताहुुम्ला, वैशाख ५ गते । पवित्र धार्मिकस्थल कर्णाली नदीको दोभान रहेको खार्पुनाथ शिवालयमा पर्यावरणीय पार्क निर्माणको कामले तीव्रता पाएको छ । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा रहेको टापुुमा पर्यावणीय पार्क निर्माण भइरहेको हो । पार्क निर्माणले टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुुग्ने अपेक्षा गरिएको छ । अहिले दुुवै नदीको किनारामा ग्याबिन जाली लगाएर टापुको संरक्षण काम भइरहेको छ । टापुुमा पर्यटकहरू बस्न र रमाउन पार्क निर्माणका साथै मध्यक्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिने योजना रहेको छ । यसअघि दुुवैतिरको नदीको कटानले टापुु जोखिममा रहेको थियो । सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेकाले पार्क निर्माण गर्न लागिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । उहाँले पार्क निर्माणका लागि प्रदेश सरकारले सवा चार करोड रुपियाँ आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पार्कमा धार्मिक पर्यटकका लागि मन्दिर दर्शन, प्राकृतिक रूपमा आउने तातो पानीमा नुहाउने सुविधाका साथै थप मनोरञ्जन प्रदान गर्नका पार्क सहयोगी हुने उहाँको दाबी छ । गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरी पार्क निर्माणको योजना सम्झौता भए पनि आगामी फागुनसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ । खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरिसकिएको छ । हाल खार्पुमा दैनिक ५० जनाभन्दा बढी आन्तरिक पर्यटकहरू भित्रिने गरेका छन् भने बाह्य पर्यटकहरू पनि बढ्ने अपेक्षा गरिएको छ ।
केही दिनयता नेपाली अखबार श्रीलङ्का सङ्कटमाथिका व्यापक चर्चा÷परिचर्चाले भरिएका छन् । श्रीलङ्का केही दशकअघिसम्म दक्षिण एसियाको सबैभन्दा समुन्नत र बलियो अर्थव्यवस्थामा गनिन्थ्यो । सन् २००३ देखि २०१२ सम्म लगातर लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो ।
गलकोट समाचारदाताबागलुङ, वैशाख ५ गते । बागलुङको काठेखोला गाउँपालिका–२, भीमा पोखरा सीमा निवासी मेखबहादुर आले कृषि पेसामा आबद्ध हुनुहुन्छ । जीवनको ऊर्जाशील समय घाँस दाउरा, मेलापातमा बिताएका आले हरेक दिन भैँसीलाई घाँस पानी हाल्नदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न घरदेखि करिब चार/पाँच किलोमिटर माथि रोका जानुहुन्थ्यो । उकालो खरबारी र खेतको डिलमा बनेका साँघुरा र चिप्लो बाटो भारीसँग तलमाथि गर्दा धेरै पटक लड्न पुग्नुभयो । घाइते भएर कैयौँ पटक बिस्तारामै बस्नुपर्ने बाध्यता भयो । उकालो बाटोमा व्यवस्थित पद मार्ग नहुँदा सोही बाटो भएर ओहोरदोहोर गर्ने धेरैलाई समस्या थियो । बर्खामा काउली परेको गोरेटोमा खुट्टा टेकाउनै मुस्किल हुन्थ्यो । विशेष गरी चिप्ले चौर–बिटासम्मको गोरेटो बाटो व्यवस्थित हुँदा मान्छे मात्र होइन सोही बाटो भएर खेती बालीको समयमा गोरुसमेत ल्याउन र लैजान मुस्किल थियो । वडामा जनप्रतिनिधि आए पछि काठे खोला–२ को विभिन्न ठाउँमा रहेका धेरै प्रयोगमा आउने गोरेटो बाटाहरू पदमार्गमा स्तर वृद्धि भएका छन् । चिप्ले चौर–बिटा गोरेटो बाटोमा अहिले व्यवस्थित पदमार्ग निर्माण भएको आलेले बताउनुभयो । बैँसमा घाँस दाउरा गर्न यो बाटो निकै कठिन थियो आलेले भन्नुभयो, अहिले बुढेस्काल लागेपछि बाटो बन्यो, लौरो टेकेरै भए पनि तलमाथि गर्न सजिलो भएको छ । मोटर बाटो विस्तार भएपछि मासिएका गोरेटो बाटोलाई वडा कार्यालयले प्राथमिकतामा राखेर स्तर वृद्धि गरेको वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो । डोकोभरि मल बोकेर खेतबारीमा हिँड्दा लिरिक्क लर्कने डहरो, उकाली ओराली गर्ने साँघुरो गोरेटा पद मार्गमा रूपान्तरण भएका छन् । कतै चिप्लिएर लडिन्छ की भने आङ सिरिङ्ग हुँदै हिँड्नु पर्ने गोरेटो सुधार हुँदा बालबालिका, ज्येष्ठ नागरिक र खेती किसानमा निस्कने किसानलाई राहत मिलेको छ ।सडक मार्गको पहुँच नपुगेका सबै बस्तीलाई पदमार्गले जोडेको वडाध्यक्ष शर्माको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध मजदुर प्रयोग गरेर वडाले गोरेटो बाटोलाई पदमार्गका रूपमा विकास गरेको हो । बेरोजगार सूचीमा परेका युवालाई काम पनि पुग्ने र परिमाण पनि देखिने हुँदा उनीलाई पदमार्ग निर्माणमा लगाइएको थियो । पदमार्गको कुनै ठाउँमा ढुङ्गा प्रयोग गरिएको छ भने कतै सिमेन्टको सिँढी निर्माण गरिएको छ । सडकले नछोएको बस्ती र खेतबारीमा पदमार्ग निर्माण गरिएको छ । निकै कठिन गोरेटो भएको झहरे श्मसान घाटमा पनि पदमार्ग निर्माण गरिएको छ । धेरै भिरालो, सल्लाको वन त्यसमाथि रातो माटो हुँदा शव लिएर श्मसान घाट पुग्न निकै जोखिमपूर्ण थियो । अहिले सहज भएको भीमा पोखराका स्थानीय रामप्रसाद शर्माको भनाइ छ ।
नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ । बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व सम्पदा दिवसकै दिन सोमबार हस्ताक्षरसमेत हुँदैछ । यद्यपि पद्मपाणि लोकेश्वेर, शाक्यमुनि बुद्ध र नागराजको मूर्ति कहाँबाट कहिले चोरिएको थियो भन्ने विषयचाहिँ अध्ययन र खोजमै रहेको छ ।
स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।
निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ ।
अमरगढी समाचारदाताडडेल्धुरा, वैशाख ५ गते । स्थानीय तहको निर्वाचन हुन २६ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलहरूबीच डडेल्धुरामा कुन पालिका कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । केन्द्रको निर्णयअनुसार गठबन्धनमा जाने सहमति गरेका दलले मनोनयनको दिन नजिकिँदासम्म ठोस निर्णय गर्न सकेका छैनन् । काँग्रेस जिल्ला कार्य समिति सभापति भीमबहादुर साउदले शनिबार बैठक बसेर उम्मेदवारको सहमति गरिने बताउनुभएको थियो तर आइतबारसम्म पनि सहमति हुनसकेको छैन । नेकपा माओवादी केन्द्रले सातवटा पालिका रहेको डडेल्धुरामा एउटा नगरपालिकासहित दुईवटा गाउँपालिकामा दाबी गरिरहेको छ । माओवादीले परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा दाबी गरेको हो । माओवादीले ०७४ को स्थानीय चुनावमा अजयमेरु जितेको थियो । नेकपा (एमाले)ले सदरमुकाम रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेकोमा अहिले नवदुर्गाका अध्यक्ष र उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । समाजवादीले नवदुर्गा र अमरगढी नगरपालिका दाबी गरेको छ । अमरगढीका निर्वाचित उपप्रमुख पनि अहिले समाजवादीमा छन् । गत चुनावमा पर्शुराम नगरपालिका, अजयमेरु, भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जितेको काँग्रेसले सातैवटा पालिकामा दावेदारी गरिरहेको छ । काँग्रेसको सातौँ जिल्ला अधिवेशनबाट असन्तुष्ट बन्नुभएका तत्कालीन जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सातवटा पालिकामा काँग्रेस एक्लै लड्नुपर्ने र आफूहरूको चित्त नबुझे सातै पालिका र ५२ वटै वडामा बागी उम्मेदवार बनाउने चेतावनी दिइरहनुभएको छ । डडेल्धुरामा गठबन्धनको विपक्षी दल नेकपा (एमाले)ले भने ५२ वटा वडा रहेको डडेल्धुराका ४४ वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारीको टुङ्गो लगाइसकेको छ भने बाँकी वडामा पनि सहमतिका आधारमा टुङ्ग्याइने एमाले डडेल्धुरा अध्यक्ष प्रकाशबहादुर साउदले बताउनुभयो ।
सर्लाही समाचारदातासर्लाही, वैशाख ५ गते । सर्लाहीका उखु किसानले गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहबाट चिनी निकासीमा रोक लगाएका छन् । उद्योगलाई दुई महिनाअघि बिक्री गरेको उखुको पैसा नदिएको तर चिनी भने बजारमा लगेर बिक्री गरिरहेको भन्दै किसानले चिनी निर्यातमा रोक लगाएका हुन् । आफूले बेचेको उखुको पैसा भुक्तानी नगरेसम्म उद्योगको उत्पादन बाहिर लान नदिने किसानको अडान छ । चिनी उद्योगले काठमाडौँ लाग्नका लागि लोड गरिएको ट्रक किसानले रोकेपछि सो चिनी पुनः गोदाममै राखिएको छ । उखु किसान रामदिनेश यादवले सम्झौताअनुसार उखुको भुक्तानी नदिएपछि चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उद्योगले चिनी खुरुखुरु बिक्री गरिरहेको तर किसानको रकम भुक्तानी गरेको छैन । किसानले उद्योगबाट १८ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । महालक्ष्मी चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले ९० प्रतिशत किसानको भुक्तानी गरिसकेको र बाँकी किसानलाई भने क्रमैसँग भुक्तानी गर्ने बताउनुभएको छ । उद्योगपति कनौडियाले किसानको नाममा केही दलाल प्रवृत्तिका व्यक्तिले उद्योगमा आएर अनावश्यक दुःख दिइरहेको गुनासो गर्नुभयो । सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये यो वर्ष इन्दुशङ्कर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानीबारे यो वर्ष गुनासो आएको छैन । उखु किसानले यो वर्ष पनि सरकारी अनुदान रकम भने अझै नपाएको गुनासो गरेका छन् । उद्योगी र सरकार दुवै पक्षबाट बेलैमा भुक्तानी नपाउँदा उखु किसान आजित भइरहेका छन् ।
सुकृत नेपालकाठमाडौँ, वैशाख ५ गते । माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा देखापरेको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् । मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ । धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् । नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् । प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ । चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर पे्रम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महìवाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ । आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ । समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता÷निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो¥याई तेह¥याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ रहने छैन ।