• १२ असार २०८१, बुधबार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

blog

नवीन सुवेदी
सुर्खेत, जेठ ६ गते ।
कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ ।

कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएको हो  ।

नेपालको संविधानको धारा १८३ र ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

१०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।