जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचनमा सहभागी अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो ।
केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकमार्फत राजस्व, विधायन, सामाजिकजस्ता समिति गठन गरेको हो ।
मधेश प्रदेशको प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फवाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेको छ ।
डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गर्न कपिलवस्तुको गौतमबुद्ध माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत १७ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको हो ।
नदीबाट हुनेगरेको अवैध उत्खनन रोक्न धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले कडाई गर्नुभएको छ । नवनिर्वाचित नगर प्रमुख यादवले पदभार ग्रहण गर्नुभएकै दिन नगरपालिका क्षेत्रभित्र पर्ने नदीहरुबाट भइरहेको अवैध उत्खनन रोक्ने घोषणा गर्नुभएको थियो ।
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
काठमाडौं, जेठ २१ ग्ते । बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म 'जवान'को टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै शाहरुखले लेख्नुभएकाे छ, "एउटा एक्सनले भरिएको फिल्म २ जुन २०२३ मा सिनेमाघरमा हामी लिएर आउँदै छौं।"फिल्मलाई एटली कुमारले निर्देशन गर्नुभएको हो । २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने बताइएको छ।
ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।
नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।