• १७ असार २०८१, सोमबार

शाहरुख खानको एक्सन फिल्म 'जवान'

blog

काठमाडौं, जेठ २१ ग्ते । बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म 'जवान'को टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । 

बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै शाहरुखले लेख्नुभएकाे छ, "एउटा एक्सनले भरिएको फिल्म २ जुन २०२३ मा सिनेमाघरमा हामी लिएर आउँदै छौं।"

फिल्मलाई एटली कुमारले निर्देशन गर्नुभएको हो । २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने बताइएको छ।