• १८ असार २०८१, मङ्गलबार

फुङ्लिङ नगरपालिकाद्वारा विभिन्न समिति गठन

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकमार्फत राजस्व, विधायन, सामाजिकजस्ता समिति गठन गरेको हो । 

नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार नगरप्रमुख अमिर मादेनको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको छ । उक्त समितिमा नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कार्यपालिका सदस्यहरु सीता नेपाल, दिनेश खबास, मोहन न्यौपाने र मदन गुरुङ सदस्य रहनुभएको छ । 

यस्तै, नगर उपप्रमुख भीमादेवी ओझाको संयोजकत्वमा स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ । फुङ्लिङ नगरपालिका –११ का वडाध्यक्ष युवराज भट्टराई (योगेश) को संयोजकत्वमा बिधायन समिति बनेको छ । वडा १ का वडाध्यक्ष रुद्रकुमार मादेनको संयोजकत्वमा आर्थिक विकास समिति गठन भएको छ ।

यसैगरी वडा ८ का वडाध्यक्ष क्षितिज सुनुवार संयोजक रहेको सामाजिक विकास समिति गठन भएको छ । वडा ५ का वडाध्यक्ष सोजित श्रेष्ठको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति निर्माण गरिएको छ । वडा ६ का वडाध्यक्ष मदन गुरुङको संयोजकत्वमा पूर्वाधार विकास समिति र वडा ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ संयोजक रहेको लेखा समिति गठन भएको छ । 

वडा २ का वडाध्यक्ष मोहन न्यौपानेको संयोजकत्वमा वन, वातावरण तथा बिपद् व्यवस्थापन समिति निर्माण गरिएको छ । नगर कार्यपालिका बैठकले वडाध्यक्ष न्यौपानेलाई नगर प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्राप्त जिम्मेवारी सबैलाई पूरा गर्न प्रमुख मादेनले आग्रह गर्नुभयो ।