• २१ माघ २०८२, बुधबार

भुटानलाई हराउँदै भारत फाइनल नजिक

blog

भारतका खेलाडी ।

काठमाडौँ, माघ २१ गते । भारत पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा भारतले भुटानलाई ८–० गोलले हरायो ।

जितसँगै भारत ६ अङ्कसहित दोस्रो स्थानमा छ । भारत गोल अन्तर सात रहेको छ । चार टोली स्हभागि च्याम्पियनसिपमा भुटान बाहिरिएको छ । आजै फाइनल प्रवेशका लागि बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुनेछ । नेपाललाई फाइनलमा स्थान बनाउन बङ्गलादेशलाई सात गोलमाथि स्कोरले हराउनु पर्नेछ ।

अघिल्ला दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित शीर्षस्थानमा छ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।