• १३ असोज २०८१, आइतबार

२४ घण्टामा आठजना सङ्क्रमित

blog

काठमाडौं, जेठ २१ गते । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, एक हजार २२७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा नौजना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित ११० छन् ।