• २५ असार २०८१, मङ्गलबार

मधेश सरकारको नीति कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

blog

धर्बेन्द्र झा 

धनुषा, जेठ २१ गते । मधेश प्रदेशको प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा  प्रदेश सरकारको तर्फवाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेको छ । 

मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार विहान सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता एवम अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले पाँच वर्षे कार्यकालको अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको छ । 

प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा यसअघि सञ्चालित महत्वकांक्षी कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रमलाई समेत समावेश गरेको बताइएको छ । मधेश प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सञ्चालित केही कार्यक्रमलाई यस वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

 विगत चार वर्षको अनुभवकासाथ आगामी वर्षका लागि यस वर्ष मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउनुअघि विभिन्न पक्ष र विज्ञहरुसँग छलफल गरी ल्याउन लागेको जानकारी दिनुभयो ।  

मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते आइतबार दिउँसो प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममाथि छलफल भइसकेपछि सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ ।