काठमाडौं जेठ २१ गते। कला मनोरन्जनको साधन मात्र होइन समाजिक रुपान्तरणको सशक्त माध्यम पनि हो भन्ने सन्देशसहित ब्लाइन्ड रक्स नामक संस्थाले आठऔं वार्षिकउत्सव मनाएको छ। माइती नेपालका संस्थापक तथा समाजसेवी अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा ब्लाइन्ड रक्सले गरेको कार्यक्रममा दृष्टिविहीन संगीतकार रमेश सुवेदीलाई सृष्टि उपमा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो छ। संस्थामा उत्कृष्ट काम गरेवापत संस्थाका सचिव नारायणी दवाडीलाई पुरस्कृत हुनुभएको छ। कार्यक्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउनुहुने पर्यटन व्यवसायी तथा समाजसेवी कालिका न्यौपाने, बैंकर्स टे«निङ्ग एसोसियसनका प्रमुख कार्यकारी अधिकृत कुमार जोशी लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो। वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी अनुराधा कोइरालाले नेपाली कला र संस्कृति संरक्षणका लागि ब्लाइन्ड रक्ससँगको सहकार्यमा काम गर्न आफू तत्पर रहेको बताउनुभयो। यसैगरी उहाँले हाम्रो नेपाली मौलिकताको जगेर्ना गर्न आफ्नै भाषा संस्कारको विकास गर्न जरुरी रहेको बताउनुभयो। यसैगरी संस्थाका अध्यक्ष सृष्टि केसीले व्लाइन्डरक्सले कलासँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा कला मनोरन्जनको साधनमात्र नभएर परिवर्तनको सशक्त माध्यम हो भन्ने विषयमा नायिक संचिता लुइटेल, कलाकार तथा ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, संगीतकार डाक्टर लोचन रिजालले ब्लाइन्ड रक्सका अध्यक्ष सृष्टि केसीका प्रश्नको जवाफ दिनुभयो।
गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका इश्मा गाउँपालिका २ का ४१ वर्षीय झबिलाल कुमालको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचनमा सहभागी अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो ।
केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकमार्फत राजस्व, विधायन, सामाजिकजस्ता समिति गठन गरेको हो ।
मधेश प्रदेशको प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फवाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेको छ ।
डिजिटल प्रविधिबाट कक्षा सञ्चालन गर्न कपिलवस्तुको गौतमबुद्ध माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत १७ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको हो ।
नदीबाट हुनेगरेको अवैध उत्खनन रोक्न धनुषाको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले कडाई गर्नुभएको छ । नवनिर्वाचित नगर प्रमुख यादवले पदभार ग्रहण गर्नुभएकै दिन नगरपालिका क्षेत्रभित्र पर्ने नदीहरुबाट भइरहेको अवैध उत्खनन रोक्ने घोषणा गर्नुभएको थियो ।
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
काठमाडौं, जेठ २१ ग्ते । बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म 'जवान'को टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै शाहरुखले लेख्नुभएकाे छ, "एउटा एक्सनले भरिएको फिल्म २ जुन २०२३ मा सिनेमाघरमा हामी लिएर आउँदै छौं।"फिल्मलाई एटली कुमारले निर्देशन गर्नुभएको हो । २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने बताइएको छ।
ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।