• २५ असार २०८१, मङ्गलबार

कला र मनोरञ्जन क्षेत्रमा ‘ब्लाइन्ड रक्स’

blog

काठमाडौं जेठ २१ गते। कला मनोरन्जनको साधन मात्र होइन समाजिक रुपान्तरणको सशक्त माध्यम पनि हो भन्ने सन्देशसहित  ब्लाइन्ड रक्स नामक संस्थाले आठऔं वार्षिकउत्सव मनाएको छ।

 माइती नेपालका संस्थापक तथा समाजसेवी अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा ब्लाइन्ड रक्सले गरेको कार्यक्रममा दृष्टिविहीन संगीतकार रमेश सुवेदीलाई सृष्टि उपमा प्रतिभा पुरस्कार  प्रदान गरिएको थियो छ।  संस्थामा उत्कृष्ट काम गरेवापत संस्थाका सचिव नारायणी दवाडीलाई पुरस्कृत हुनुभएको छ। 

कार्यक्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउनुहुने पर्यटन व्यवसायी तथा समाजसेवी कालिका न्यौपाने, बैंकर्स टे«निङ्ग एसोसियसनका प्रमुख कार्यकारी अधिकृत कुमार जोशी लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी अनुराधा कोइरालाले नेपाली कला र संस्कृति संरक्षणका लागि ब्लाइन्ड रक्ससँगको सहकार्यमा काम गर्न आफू तत्पर रहेको बताउनुभयो। यसैगरी उहाँले हाम्रो नेपाली मौलिकताको जगेर्ना गर्न आफ्नै भाषा संस्कारको विकास गर्न जरुरी रहेको बताउनुभयो। यसैगरी संस्थाका अध्यक्ष सृष्टि केसीले व्लाइन्डरक्सले कलासँग जोडेर विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो। 

कार्यक्रममा कला मनोरन्जनको साधनमात्र नभएर परिवर्तनको सशक्त माध्यम  हो भन्ने विषयमा नायिक संचिता लुइटेल, कलाकार तथा ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, संगीतकार डाक्टर लोचन रिजालले ब्लाइन्ड रक्सका अध्यक्ष सृष्टि केसीका प्रश्नको जवाफ दिनुभयो।