• २५ असार २०८१, मङ्गलबार

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

blog

फाइल तस्विर

तिलाचन पाण्डे

तम्घास, जेठ २१ गते । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका इश्मा गाउँपालिका २ का ४१ वर्षीय झबिलाल कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।

कुमाललाई खोलामा डुबेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । कुमालको शबलाई पाष्टमार्टमका  लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।