पत्रकार तथा कथाकार वसन्त पराजुलीको मोम्चो कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडी पुराण प्रकाशन प्रालिका प्रबन्धनिर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियामा कार्यरत नेपाल श्रमिकको पारिश्रमिक ५ प्रतिशतले वृद्धि भएको छ । दक्षिण कोरिया सरकारले सन् २०२३ का लागि आप्रवासी श्रमिकको न्यूनतम परिश्रमिक ४५० वन बढाएर प्रतिघण्टा नौ हजार ६२० वन बनाएको हो ।
देशभर मनसुन सक्रिय रहने क्रम जारी रहेकाले आजपनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।
एनआईसी एसिया बैङ्कले ओम्नी च्यानल एप प्रणालीमा आधारित मोबाइल बैङ्किङ एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैङ्कले ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैङ्किङ सेवा प्रयोग गर्न मिल्ने हिसाबले बैङ्कमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।हालका एनआईसी मोबैङ्क प्रयोगकर्ताले वर्तमान एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न स
गत वर्षजस्तै यो वर्ष पनि वर्षायाम सुरु भयो । खेतमा धान रोप्ने चटारो छ । वर्षायाम किसानको पर्व हो । असारमा मानो रोपेर मङ्सिरमा मुरी भित्र्याउने भनाइ नेपाली समाजमा छ । गाउँका भाइबहिनीलाई धान रोप्ने कुरा नौलो होइन । सहरका भाइबहिनीलाई भने धान रोप्ने चटारो हुँदैन । कुनै कुनै स्कुलले धान रोप्न खेतमा लैजान्छन् । त्यतिबेला भने हिलोमा रमाउनुभएको होला । केही वर्ष यता त असार १५ मा धान दिवससमेत मनाइने गरिएको छ । धान रोपे पनि नरोपे पनि, गाउँमा वा सहरमा जहाँ भए पनि असार पन्ध्रमा दही चिउरा भने सबैतिर खाइन्छ । दही चिउरा खाने हाम्रो संस्कृति नै हो । यही संस्कृतिबारे चर्चा गरौँ है ।
आँपपीपल अस्पताल जाने सडक कालोपत्रे भएको छ । ग्रामीण भेगमा रहेर विशेषज्ञ सेवा प्रदान गरिरहेको उक्त अस्पतालसम्म पक्की सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयमार्फत आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भएको छ ।
हाम्री नेपाल आमा विश्वभरिमै सुन्दर छिन्, प्रकृति कि अनुपम लालीले शृङ्गारिएकी छन् । हिमाल, पहाड, तराई घरमा बस्छौँ हामी मिलिजुली ।
खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर पहिरोमा पर्ला भन्ने डरैडरमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बिरामीको उपचार गर्नेबेला बाहिर एक जनालाई पहिरो हेर्न राखेर स्वास्थ्य चौकीभित्र बस्नुपर्ने अवस्था रहेको डोगडी स्वास्थ्य चौकीका प्रमुख दलबहादुर रावतले बताउनुभयो ।
भाइबहिनीहरू, एकभन्दा धेरै मानिस जहाँ समुदायका रूपमा निश्चित र क्रमिक मूल्यमान्यताका साथ आआफ्नो संस्कृति, रहनसहन, व्यवस्था, धर्म आदि अँगालेर एकै स्थानमा बसोबास गर्ने गर्छन् । आदिम कालदेखि मानिसले आफ्नो सुुरक्षाका लागि आगो बालेर बस्ने र समूहमा बस्ने अनि एक अर्कोलाई सहयोग गर्ने प्रवृत्तिको विकास भएको हो । कालन्तरमा यस क्रमको विकास हुँदै आफ्ना आवश्यकताअनुसार चालचलन, कर्म, धर्म, संस्कृति र स्वव्यवहार अपनाउँदै समाजको विकास भएको हो । त्यस्ता मानिसको समूहलाई नै समाज भनिन्छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको छ । वर्षाका बेला पानीका कारण झाडापखाला, टाइफाइडलगायतका रोग फैलिन थालेपछि विभागको अनुगमन टोलीले पानी उत्पादनमा लागू गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गरे वा नगरेको विषयमा अनुगमन गरेको हो । विभागका अनुसार सो टोलीले पछिल्लो दुई दिनमा २९ वटा प्रशोधित पानी उद्योगको अनुगमन गरी ती उद्योगबाट नमुना सङ्कलन गरी परीक्षणको तयारी गरेको छ ।
इजिप्टको नवौँ विपत्ति (नाइन्थ प्लेग) मा तीन दिन पूर्ण अन्धकार भयो तर इस्वी संवत् ५३६ मा विश्वका अधिकांश क्षेत्र १८ महिनासम्म अन्धकारमा डुब्ने घटना भयो । रहस्यमय कुहिरोले युरोप, मध्य पूर्व तथा एसियाको ठूलो क्षेत्र ढाकियो । दिनको समयमा कुहिरोले सूर्यका किरण छेक्नाले तापक्रमसमेत धेरै घट्यो, जसले गर्दा अन्नपात उब्जनी नराम्रोसँग प्रभावित हुँदा मानिस भोकै मर्न थाले । वास्तवमा त्यस अवधिलाई हामी अन्धकार युग भन्न सक्छौँ ।
चक्लाबन्दी एवम् अतिक्रमणको कारण मासिएको वर्षौं पुरानो सार्वजनिक कुलो (स्थानीय भाषामा ‘पैनी’) पहिलेकै अवस्थामा ल्याउन पहल थालिएको छ । चन्द्रपुर नगरपालिकाको ५, ६, ८ र ९ नम्बर वडाका जमिनमा सिँचाइ हुने वर्षौं पुरानो ‘पैनी’ मासिएर पानी सडक तथा घर आँगनमा बग्न थालेपछि स्थानीय जनप्रतिनिधिले पूर्ववत् अवस्थामा ल्याउन पहल थालेका हुन् ।
बुटवल उपमहानगरपालिका–१५ र सैनामैना नगरपालिका–१ जोड्ने गरी १२७ मिटर लामो कर्साघाट (दानव नदी) पुल निर्माण सम्पन्न भएको छ । करिब ११ मिटर चौडाइको सो पुल तीनवटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको हो ।
मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापना हुने भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकूलित हुने बताइएको छ ।
तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो । पुरानै कलाकारहरू लिएर चलचित्र निर्माण गर्ने निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशाङ्क मैनाली, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेख्नुभएको थियो ।