कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा चोरी, शिकारी तथा वनजन्य सामग्रीहरु हवाई मार्गबाट ढुवानी हुने गरेकोमा सरोकारवालाहरुले सचेत गराएका छन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गुर्नुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले मङ्गलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मङ्गलबार) राति घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । पहिलो खेल आज नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातान्त्र पुनःस्थापनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताउनुभएको छ । काठमाडौंमा कोइरालाको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।
साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।
हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।
प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।