• ५ जेठ २०८१, शनिबार

नेपाल आज क्यानडासँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २१ गते । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मङ्गलबार) राति घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । पहिलो खेल आज नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । 

दोस्रो खेल नेपालले बुधबार खेल्नेछ । नेपाल क्यानडालाई हराएर लिग–२ अघि उच्च मनोबल राख्ने अभियानमा छ । यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एउटा एकदिवसीय र अर्को टी–२० खेल खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाट स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।