गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
एमालेको आजको बैठकले कैलालीबाट क्षेत्र १ मा द्वारिका न्यौपाने, क्षेत्र २ मा सूर्यबहादुर थापा, क्षेत्र ३ मा गौरीशंकर चौधरी, क्षेत्र ४ मा लेखराज भट्ट र क्षेत्र नं. ५ मा यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, कञ्चनपुरको क्षेत्र १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह, ३ मा दीपक भट्टलाई उम्मेदवार बनाउने भएको छ ।
सोहीअनुसार अछाम क्षेत्र १ मा झपटबहादुर बोहरा, २ मा यज्ञ बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोहीअनुसार बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, वैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत १मा धुर्व शाही, २ मा कुलमणि देवकोटालाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेख १ मा रविन्द्रराज शर्मा, २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
सोहीअनुसार जाजरकोटमा डम्मरबहादुर सिंह, लुम्बिनीको नवलपरासी १ मा रामप्रसाद पाण्डे, २ मा भगवतीप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, रुपन्देही ३ मा बासुदेव घिमिरे, ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, कपिलवस्तु १ मा विश्राम चौधरी, ३ मा बिरेन्द्र कडौनियालाई उम्मेदवार बनाउने भएको छ ।
सोहीअनुसार दाङ ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै बाँके १ मा सूर्य ढकाल, ३ मा दलबहादुर सुनारलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, वर्दिया १ मा सालिकराम अधिकारी, २ मा विमला विकलाई उम्मेदवार बनाएको छ । सोहीअनुसार पाल्पा १ मा नारायण आचार्य, २ मा विष्णुप्रसाद पोडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल, गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण बिष्टलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, नवलपुर १ मा भागीरथ सापकोटा, २ मा तिलबहादुर (तिलक) महत क्षेत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, गोरखा १ मा आरसी लामिछाने, २ मा मिलन गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, लमजुङमा पृथ्वीसुब्बा गुरुङ, तनहुँ १ मा भगवती न्यौपाने, २ मा केदार सिग्देल, स्याङ्जा १ मा मिनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
सोहीअनुसार म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्की १ मा बैणबहादुर क्षेत्री, २ मा कृष्ण थापा, ३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ । बागलुङ १ मा हिरा केसी र २ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
त्यस्तै, पर्वतमा पदम गिरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, बागमती प्रदेशको सिन्धुली १ मा प्रदीप केसी (कटुवाल), २ मा मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । त्यस्तै, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक १ मा आङदोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।
सोहीअनुसार काभ्रे १ मा अमित लामालाई उम्मेदवार बनाएको छ । त्यस्तै, धादिङ १ मा भूमी त्रिपाठी, २ मा धनबहादुर घले, नुवाकोट १ मा बद्री मैनाली र २ मा २ मा केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, मकवानपुर १ मा रामेश्वर राना र २ मा महेश बर्तौला, चितवन १ मा कृष्णराज (कमल) पाठक, २ मा अस्मिन घिमिरे र ३ मा शंकरराज थपलियालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोहीअनुसार काठमाडौं १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाल, ३ मा रामेश्वर फुयाल, ६ मा अमनकुमार मास्के, ८ मा राजेश शाक्य, निर्वाचन क्षेत्र १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, ललितपुर १ मा चेतनाथ सञ्जेल, २ मा प्रेमबहादुर महर्जन र ३ मा टुंगो लाग्न बाँकी छ ।
त्यस्तै मधेश प्रदेशको सप्तरी १ मा सुमन प्याकुरेल, २ मा सतिश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, सिराहा १ मा केदार यादव, २ मा नविनकुमार यादव, ३ मा लिलानाथ श्रेष्ठ र ४ मा बिल्टु यादवलाई उम्मेदवार बनाएको छ । त्यस्तै, धनुषा १ मा रामचन्द्र मण्डल, २ मा उमाशंकर अग्रहरि, ३ मा जुली महतो र ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, २ मा रामपरिक्षण यादव, ३ मा टुंगो लाग्न बाँकी छ । ४ मा सरोज यादवलाई उम्मेदवार बनाएको छ । त्यस्तै, सर्लाही ३ मा हरि उप्रेती, रौतहट १ मा अजय गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा र ४ मा रामजी शाहलाई उम्मेदवार बनाएको छ । त्यस्तै, बारा १ मा अच्युत मैनाली, २ मा बलवीर चौधरी, ३ मा ज्वाला साह र ४ मा किसान श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सोहीअनुसार पर्सा ३ मा प्रमोद जैसवाल र ४ मा जालिम मियाँ अन्सारीको नाम टुंगो लागेको छ । त्यस्तै, कोशी प्रदेशको पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलाम १ मा काजिमान कागते र २ मा सुहाङ नेम्वाङको नाममा निर्णय भएको छ । त्यस्तै, झापा १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, संखुवासभा १ मा डा. अर्जुन कार्की, धनकुटा १ मा राजेन्द्र राई, भोजपुर १ मा शेरधन राई, तेह्रथुम १ मा भानुभक्त ढकाल, सुनसरी १ मा सूर्य पन्दाक, २ मा जगदीश कुसियात, ४ मा भगवती चौधरी, त्यस्तै, मोरङ १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगेडिया, ३ मा दिलीप राई, ४ मा जीवन घिमिरे, ५ र ६ मा टुंगो लाग्न बाँकी छ ।
सोहीअनुसार सोलुखुम्बु १ मा कल्पना राई, ओखलढुंगा १ मा अस्मिता थापा, उदयपुर १ मा दुर्गा थापा स्वोती, २ मा अमर रायमाझीलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले खोटाङमा देवविक्रम राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।