• ७ जेठ २०८१, सोमबार

माओवादीको केन्द्रीय समिति बैठक बुधबारसम्म स्थगित

blog

काठमाडौं, असार २१ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक  स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।

नेताहरुले थप होमवर्क गर्नुपर्ने भयो । स्थायी कमिटी, पोलिट्ब्युरो र पदाधिकारी चयनलगायतका विषय छन् उहाँले बताउनुभयो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि जारी बैठक आज बिहान ११ बजे बस्ने जनाए पनि सो बैठक स्थगित भएको हो ।