• १३ साउन २०८१, आइतबार

रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते

blog

नवराज श्रेष्ठ
रामेछाप, असार २१ गते । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मङ्गलबार बिहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र पाँचजना पुरुष छन् । साथै, मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी २६ जना घाइते भएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ भने २३ जनालाई धुलिखेल अस्पताल, काभ्रेमा पठाइएको उहाँले बताउनुभयो । प्रजिअ पहाडीका अनुसार धुलिखेल अस्पताल पठाइएका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।