• १२ असार २०८१, बुधबार

प्रजातान्त्रिक आन्दोलनमा गिरिजाप्रसादको योगदान अतुलनीय: प्रम देउवा

blog

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्नुहुँदै । तस्विर : सुजन गुरुङ

काठमाडौं, असार २१ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातान्त्र पुनःस्थापनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताउनुभएको छ । काठमाडौंमा कोइरालाको शालिक अनावरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो । 

उहाँको नेतृत्वमा ट्रेड युनियन कांग्रेस विभिन्न जिल्लामा स्थापना भएको र २०४६ सालको जनआन्दोलनमा सक्रिय रहनुभएका कोइरालाले पञ्चायतबाट बहुदलीय व्यवस्थामा कठिन राजनीतिक जीवन बिताउनभएको प्रधानमन्त्री देउवाले भन्नुभयो । 

'यीलगायत कांग्रेसमा अतुलनीय योगदान छ, प्रजातन्त्र स्थापना र हतियार उठाएकाहरुलाई शान्ति प्रक्रियामा ल्याउनुभयो ।' प्रधानमन्त्री देउवाले बताउनुभयो । यसकारण, स्वर्गीय नेता कोइरालको राजनीतिक योगदान, सहकार्यको सिद्दान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ छ ।

यसैगरी, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै नेतृ कोइरालाले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गर्नुभएको हो ।

उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्नुहुँदै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । नेतृ कोइरालाले संग्रहालय बनाउनसके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गर्नुभयो ।

‘‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली कांग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’’ नेतृ कोइरालाले कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताउनुभयो ।

तस्विर –सुजन गुरुङ