राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरेक क्षेत्रका श्रमिकको मानव अधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार राजधानीमा आयोजित मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिचानसहित काम गरेर खान पाउनु श्रमिकको मानव अधिकार भएको बताउनुभयो । उहाँले श्रम गरेर खाने वर्गको सम्मान गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।
गुल्मीमा ५७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ । जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो ।
काम विशेषले साझा प्रकाशन गएको थिए तारानाथ शर्मा । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीसँग भेट भयो । त्रिपाठीले अकस्मात् पश्चिमका साहित्यकारहरूबारे पुस्तक लेख्न अनुरोध गरे । त्यो अनुरोध सुन्नेबित्तिकै साझा प्रकाशनका व्यवस्थापक क्षेत्रप्रताप अधिकारीले केही रुपियाँ शर्मालाई बैना मारिहाले ।
पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ ।
आफ्नै एक सय शय्याको अस्पताल हुनुपर्ने बाध्यकारी प्रावधान पूरा गर्न नसक्दा नर्सिङ विषय पढाइरहेका मुलुकभरका ७८ वटा शिक्षालय बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ मा नर्सिङ विषय पढाउन चाहने शिक्षालयको आफ्नै एक सय शøया भएको अस्पताल हुनुपर्ने उल्लेख छ ।
नाताले उनी मेरा मामा पर्थे । लामो समय अमेरिकातिरै बसेका थिए । अकस्मात मेरै टोलको गल्लीमा फाटेका किताबहरूको झोलासहित प्रकट भए । उनको अनुहारमा थकान र खिन्नता थियो । भोकै छन् कि क्या हो भनेर मैले उनलाई अनुरोध गरेँ– “मामा यतिबेला भइसक्यो, खाना खानुभएको छैन होला, हिँड्नुहोस् घरमै जाऔँ, खाना खाऔँ ।” “हैन, हैन नजाऔँ,” उनले भने ।
झन्डै २५ वर्षपछि नेपाल राष्ट्र बैङ्कले जारी गरेको ट्रेजरी बिलमा दोहोरो अङ्कले ब्याजदर निर्धारण भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत नेपाल राष्ट्र बैङ्कले सोमबार बिक्री गरेको ट्रेजरी बिलमा २८ दिन अवधिको १०.३४ प्रतिशत, ९१ दिन अवधिको ११.०६ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरीको १०.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको १०.४७ प्रतिशत ब्याजदर रहेको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विभिन्न चार जिल्लाका लामाहरुको सहभागितामा सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) तालिम सञ्चालन गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा १५ दिने उक्त तालिम सञ्चालन गरिएको हो ।
विशेष अदालतमा दायर मुद्दाको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विध म्यानेजमेन्ट प्रालिका कार्यकारी अध्यक्षसमेत रहेका भीमकान्त भण्डारीले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा रोक्न माग गर्दै रिट दायर गर्नुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३ गते भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो । भण्डारीको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ भने विशेषले भण्डारीविरुद्ध म्याद जारी गरिसकेको छ । कानुनका जानकारहरू भने दर्ता नहुनुपर्ने रिट दर्ता भएको बताउँछन् ।
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न मङ्गलबार दिउँसो पदाधिकारी बैठक बस्दैछ ।कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्ने भएको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीबारे छलफल हुने बताउँदै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने उल्लेख गर्नुभयो ।
कैलालीमा काठको घाटगद्दी व्यवस्थापनमा नयाँ पद्धति सुरुवात गरिएको छ । सो पद्धतिले उपभोक्तालाई घाटगद्दीमा राखिएका काठको अवस्थाबारे बुझ्न सजिलो भएको छ ।डिभिजन वन कार्यालय पहलमानपुरले वन व्यवस्थापन पद्धतिबाट उत्पादित गोलिया काठमा सर्वसाधारणसमेतले स्पष्ट बुझ्ने गरी गोलियाको नम्बरिङ, ग्रेडिङ तथा पाइलिङ गर्ने नयाँ पद्धति सुरुवात गरेको हो ।
बागमती प्रदेश सभाका सदस्यले सिमेन्ट उद्योगमाथि लाग्दै आएको शुल्क उद्योगीसँगको मिलेमतोमा प्रदेश सरकारले खारेज गरेको आरोप लगाएका छन् ।
तारानाथ शर्मा (जीवनकाल : वि.सं. १९९१ असार ९–२०७८ फागुन ३) नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् । इलामको बरबोटेमा प्रजापति उपाध्याय र देवकीका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनले नेपाली साहित्यका निबन्ध, यात्रासाहित्य, उपन्यास, समालोचना र साहित्येतिहास विधामा आफ्नो सिर्जनात्मक सक्षमता, समालोचनात्मक दृष्टि र साहित्येतिहास चेतना प्रस्तुत गरेका छन् । नेपाली भाषाको व्याकरण लेखन तथा संरचनागत व्यवस्थानिर्माण अभियानमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ । साहित्यिक कृतिको सम्पादन, पत्रपत्रिकाको सम्पादन तथा विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनले विशिष्ट योगदान गरेका छन् । विभिन्न तहका पाठ्यपुस्तकलेखन पनि उनका लेखनीको एउटा पाटो हो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका शर्माका जीवनको मुख्य पेसा प्राध्यापन र लेखन रहेको देखिन्छ । झर्रोवादी आन्दोलन र त्यसको प्रभाव रहेको समयसम्म ‘तानासर्मा’ नामले परिचित उनको लेखकीय जीवन समग्रतः सफल र उर्वर रहेको देखिन्छ ।
तारानाथ शर्मा (जीवनकाल : वि.सं. १९९१ असार ९–२०७८ फागुन ३) नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् । इलामको बरबोटेमा प्रजापति उपाध्याय र देवकीका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनले नेपाली साहित्यका निबन्ध, यात्रासाहित्य, उपन्यास, समालोचना र साहित्येतिहास विधामा आफ्नो सिर्जनात्मक सक्षमता, समालोचनात्मक दृष्टि र साहित्येतिहास चेतना प्रस्तुत गरेका छन् । नेपाली भाषाको व्याकरण लेखन तथा संरचनागत व्यवस्थानिर्माण अभियानमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ । साहित्यिक कृतिको सम्पादन, पत्रपत्रिकाको सम्पादन तथा विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनले विशिष्ट योगदान गरेका छन् । विभिन्न तहका पाठ्यपुस्तकलेखन पनि उनका लेखनीको एउटा पाटो हो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका शर्माका जीवनको मुख्य पेसा प्राध्यापन र लेखन रहेको देखिन्छ । झर्रोवादी आन्दोलन र त्यसको प्रभाव रहेको समयसम्म ‘तानासर्मा’ नामले परिचित उनको लेखकीय जीवन समग्रतः सफल र उर्वर रहेको देखिन्छ ।
मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामग्री अवैध रूपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले केराबारी–८, खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैँचा–५, बूूढीखोला, बेलबारी–२, लोहन्द्रा खोलामा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको हो ।