नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उहाँले सत्ता गठबन्धनका नेताहरुलाई चुनौति दिनुभयो ।
सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सङ्घीय संसदको राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।
तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको हो ।
विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । लन्डनमा आइतबार राति भएको खेलमा साविक विजेता जोकोभिचले डच खेलाडी टिम भानलाई ६-२, ४-६, ६-१, ६-२ को सेटमा हराउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले हरायो ।
नेपालका ओलम्पियन खेलाडीलाई नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले निशुल्क उपचार गर्ने भएको छ । ओलम्पियन खेलाडीको निशुल्क उपचारका लागि आइतबार नेपाल ओलम्पियन्स एसोसिएसन र नोबेल अस्पताल प्रालिबीच सम्भलौता भएको छ ।
नेपाली सामाजिक कथावस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शनिबारबाट सुरु भएको छ । रङ्गकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देश भक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोष थापा, साक्षीसिंह भण्डारी, सुमन विष्ट, रिता थापा, शशी थापा, दिनेश खड्कालगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गर्न‘भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अल्पविकसित मुलुक भएको नाताले नेपालले पाउने सुविधालाई निरन्तरता दिन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताउनुभएको छ । जुन १२ देखि १६ सम्म स्विट्जरल्यान्डको जेनेभामा भएको विश्व व्यापार सङ्गठन (डब्लूटीओ)को बाह्रौँ मन्त्रीस्तरीय सम्मेलनमा मन्त्री बडूले नेपालले पाउन सुविधालाई निरन्तरता दिन आग्रह गर्नुभएको हो ।
सेयर बजारले २१ सयको बिन्दु पछ्याएको छ । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झन्डै ६० अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लाग्दा नेप्से परिसूचक २०८६.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।
दुुनियाँको पहुँचभन्दा पर पारि पहरामा फुलेको एउटा अनाम फूल हुँ म झुक्किएर पनि नहेर्नु यता एउटा वर्जित फूल हुँ म
सनराइज बैङ्कले कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैङ्कले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी कार्डको शुभारम्भ गरेको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको कार्यक्रममा कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको होे ।
१. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीको नेतृत्वमा एक सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था गरी उक्त कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ः