• १३ पुस २०८१, शनिबार

जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा

blog

काठमाडौं, असार २० गते । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । लन्डनमा आइतबार राति भएको खेलमा साविक विजेता जोकोभिचले डच खेलाडी टिम भानलाई ६-२, ४-६, ६-१, ६-२ को सेटमा हराउनुभयो । जोकोभिचले क्वार्टरफाइनलमा जानिक सिनरसँग प्रतिस्पर्धा गर्नुहुनेछ । ६ पटकका विम्बल्डन विजेता जोकोभिच लगातार चौथो पटक उपाधि जित्ने अभियानमा हुनुहुन्छ । एजेन्सी