• १२ साउन २०८१, शनिबार

मोम्चोको दोस्रो संस्करण प्रकाशित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । पत्रकार तथा कथाकार वसन्त पराजुलीको मोम्चो कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडी पुराण प्रकाशन प्रालिका प्रबन्धनिर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र महिलाले भोग्नुपरेका समस्यामा केन्द्रित कथा हो भने अन्य प्रायः कथाले महिला हिंसा, हाडनाता करणीलगायतका विषयमा उठान गरेको छ । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणामस्वरूप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गरिएको  कथा सङ्ग्रह हो मोम्चो ।