• १४ वैशाख २०८१, शुक्रबार

देशभर मनसुन सक्रिय, यी प्रदेशहरुमा वर्षाको सम्भावना

blog

काठमाडौं, असार २१ गते । देशभर मनसुन सक्रिय रहने क्रम जारी रहेकाले आजपनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश,  कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

भोलि बुधबार देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।