सुगम जिल्लाका रूपमा परिचित पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुग्न सकेको छैन। यस जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालीका १३ वटा वडामा अझै पनि बिजुली पुगेको छैन। यो वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पु-याउन काम दु्रत गतिमा अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणको कावासोती कार्यालयका निमित्त प्रमुख निश्चल अधिकारीले जानकारी दिनुभयो। यसबाट यहाँका करिब ५० हजार जनता लाभन्वित हुने अधिकारीले बताउनुभयो।
प्रत्येक मुलुकले आफ्ना नागरिकलाई परिचयका केही आधारभूत कागजात प्रदान गरेका हुन्छन्। यो विश्वव्यापी मान्यता नै हो। नेपालमा वर्षौंदेखि र हालसम्म पनि नागरिकताको प्रमाणपत्रलाई नेपाली हुनुको परिचयको कागजात मानिन्छ। यही नागरिकता प्रमाणपत्रलाई राष्ट्रिय परिचयपत्रले विस्थापित गर्ने उद्देश्यसहित नेपालमा एक्काइस वर्ष अघि प्रक्रिया सुरु गरिएको थियो। राष्ट्रिय परिचयपत्रको प्रक्रिया सुरु भएको यति लामो अवधिसम्म पनि यो परियोजनाले टुङ्गिन सकेको छैन। नागरिकको सास्त्री भने बढिरहेको छ। वर्षौं अघिदेखि प्रक्रियामा गएका नागरिकले पनि राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन्।
नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमासम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो। बैङ्क तथा वित्तीय संस्था ग्राहकका निक्षेपको संरक्षक भएकाले ग्राहकको निक्षेप कुनै पनि बेला फिर्ता गर्ने अवस्थामा रहनुपर्छ।
शिक्षा भनेको अरूलाई ज्ञान सिकाउने कार्य वा अरूबाट ज्ञान लिने दुवै कार्य हो। शिक्षा भनेको शिक्षण संस्थाबाट प्राप्त हुने ज्ञान हो भनिन्छ। वास्तविक जीवनका उदाहरण हेर्दा प्राथमिक विद्यालय, उच्च र कलेजहरू शिक्षामा केन्द्रित संस्था हुन्। मानिसलाई यी स्थानमा महìवपूर्ण जानकारीहरू र जीवनका लागि आवश्यक सीप सिकाइन्छ। मेडिकल कलेज, कानुन स्कुलले थप विशेष प्रकारका शिक्षाहरू प्रदान गर्छन्।
गाउँ, समाज एवं राष्ट्रका निम्ति आफ्नो जीवन तथा सर्वस्व समर्पित गर्ने वीर सपुत मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन्। नेपाली राजनीतिको क्षितिजमा जाज्वल्यमान एक यस्तै ताराका रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ। २१ वर्षअघि माघ १० गते उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरताको वातावरण थियो तर उनीजस्ता नेताकै निरन्तरको त्याग एवं समर्पणका कारण देश निरन्तर रूपमा अग्रगमनको बाटोमा लम्किरहेको छ। इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात् गर्दै देशमा सामाजिक न्याय स्था
नेपालका लागि भ्रष्टाचार दीर्घकालीन रोग नै भएको प्रमाणित गराइँदै छ। सार्वजनिक जीवनमा स्वीकृत मूल्यविरुद्धको आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार भनिन्छ। जनजीवनमा यसलाई आर्थिक अपराधसित जोडेर हेर्ने गरिन्छ। यो समग्र आर्थिक विकासको बाधक नै भ्रष्टाचार हो। आर्थिक विकास सम्बन्धित क्षेत्रका विभिन्न पक्षमा हुने गुणात्मक परिवर्तन हो। आर्थिक विकासलाई सामाजिक, राजनीतिक, आर्थिक, प्राविधिक, पर्यावरणीय आदि विविध पक्षमा हुने विभिन्न पूर्वाधार निर्माण एवं यिनीहरूमा निरन्तर सुधारको प्रयासको समग्र रूप भनी परिभाषित गर्न सकिन्छ। भ्रष्टाचारलाई समाजको आर्थिक विकासको शत्रु नै मानिन्छ।
गण्डकीमा सात मन्त्रालय कायम गर्ने औपचारिक निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालय बनाउने निर्णय गरेको हो। आइतबारको अनौपचारिक बैठकले सात मन्त्रालय बनाउने सहमति गरेको थियो। सात मन्त्रालयमध्ये चार मन्त्रालय एमालेले पाउने भएको छ भने दुईवटा माओवादी तथा एक मन्त्रालय राप्रपाले पाउनेछ। हाल एमालेबाट दुई मन्त्री बनिसकेका छन् भने माओवादी र राप्रपाबाट एक/एक मन्त्री बनेका छन्। कायम रहने सात मन्त्रालयको नामसमेत तोकिएको छ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा लालपुर्जा वितरण गर्नका लागि १५८ जनालाई निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गुल्मीमै पहिलो पटक सो गाउँपालिकामा निस्सा प्रदान गरेको हो ।
बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीकी भीममाया विकले छ सन्तानलाई घरमै जन्म दिनुभयो। छवटा बच्चा जन्माउनुअघि उहाँले एक पटक पनि गर्भ परीक्षण गराउनुभएन। यसका विविध कारण थिए। पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएनन्। दोस्रो कुरा गर्भावस्थामा गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि भएको पाइँदैन। उहाँलाई गर्भ परीक्षण र भिडियो एक्स–रेबारे कसैले पनि सचेत गराएनन्। उहाँका आमा तथा सासूहरूले ‘काम गर्दागर्दै आफैँ बच्चा जन्मन्छन् चिन्ता गर्नु पर्दैन’ भनेर प्रोत्साहन गर्नुभएको थियो।
हिउँदमा पनि वर्षाको भेल आउँदाजस्तो धमिलो बग्ने सेती नदी हाल कञ्चन देखिएको छ। छुनसमेत घिनाउनुपर्ने नदीको पानी यति बेला सङ्लिएर सिधै अँजुलीमा लिएर पिऊँपिऊँजस्तो भएको छ। तनहुँ जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएपछि नदी कञ्चन बनेको हो। उद्योग बन्द भएपछि नदीआसपासका जिल्लावासीले पुरानै अवस्थाको कञ्चन सेती देख्न पाएका हुन्। पानी सफा भएपछि यति बेला स्थानीयले नदी किनारमा घाम ताप्दै नुहाउन र लुगा धुन पाएका छन्।
सोमबारदेखि देशका सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ। कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीमा संस्थागत र व्यक्तिगत अनलाइन श्रम स्वीकृतिको परीक्षण सफल भएसँगै सातै प्रदेशका कार्यालयबाट सबै खाले श्रम स्वीकृति अनलाइनबाटै प्रदान हुन थालेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुर्खेत र धनगढीमा रहेका श्रम कार्यालयबाट समेत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाको शुभारम्भ गर्नुभयो।
बोलीचालीको भाषामा आमाशयलाई पेट भनिन्छ । अझ थप प्रस्टताका लागि आममानिसले पाठेघरलाई तल्लो पेट भनेर बुझ्ने हुनाले आमाशयलाई सायद माथिल्लो पेट भन्नु उपयुक्त होला ।
माटोको मूर्ति कालिगडहरू अहिले दिनभर ब्यस्त भएका छन्। सहरदेखि ग्रामीण भेगका कालिगडहरूले माघ १२ गते हुने सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति बनाउन र सजाउन व्यस्त भएका हुन्। सिजनअनुसार विश्वकर्मा, दुर्गा, गणेश, सरस्वतीका मूर्ति बनाएर लाखौँ रुपियाँसम्म आम्दानी गर्ने गरेको सिम्रौनगढ नगरपालिका–११, कर्चोवा टोलका १७ वर्षीय निरञ्जनकुमार साह कानुले बताउनुभयो। गाउँमै भएको महायज्ञमा मूर्ति बनाउन बाहिरबाट आएका मूर्तिकारबाट सीप सिकेर आफूले पनि देवीदेवताको मूर्ति बनाउन थालेको कानुले बताउनुभयो। दुई जना दाजुको सहयोगमा बनाएको ४० वटा सरस्वतीको मूर्तिबाट साढे दुई लाख रुपियाँ कमाउने लक्ष्य लिएको उहाँको भनाइ छ। कानुले भन्नुभयो, “एक हजार पाँच सयदेखि सात हजार रुपियाँमा मूर्ति बिक्री गर्ने सम्झौता भइसकेको छ।”
सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा अज्ञात मानिसहरू गाउँमा आएर एक्कासि जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरूलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन्। भूमिसुधार र नापी कार्यालयको अभिलेखमा खयरमाराखोर भनी उल्लेख रहेको कालिञ्जोरस्थित दोङखोरिया क्षेत्रमा जग्गा नाप गर्न आएका सात जनालाई गाउँलेहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। आफूहरूले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासि देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउनेजस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरू भेला भएर नियन्त्रणमा लिएका हुन्।
धनुषाका साह परिवारले ४७ वर्षपछि एक प्राथमिक विद्यालयलाई दोस्रो पटक जग्गा दान गरेका छन्। २०३२ सालमा सोही परिवारले उपलब्ध गराएको जग्गामा स्थापना भएको उक्त विद्यालयलाई माध्यमिक १२ कक्षासम्म बनाउन ४७ वर्षपछि साह परिवारले पुनः जग्गा दान गरेका हुन्।