उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गर्र्नुभएको हो । सो अवसरमा उहाँले क्रसर उद्योगका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने बताउनुभयो ।
जिल्ला समन्वय समिति (जिसस)ले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग तथा वासिङ सेन्टरको विद्युत् लाइन काट्न सुरु गरेको छ। जिसस महोत्तरीले माघ ६ गते जारी गरेको पत्रका आधारमा गौशालास्थित विद्युत् प्राधिकरणको कार्यालयले त्यस्ता उद्योगको लाइन काट्न थालेको हो।
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् । जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा अघि बढेको कावासोती विद्युत् प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताउनुभयो ।
कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट हुँदै पाल्पा–रामपुरको ८० प्रतिशत कालोपत्रे भइसक्दा पनि सवारी भाडादरमा मनपरी देखिएको छ । सवारीचालकबाट यात्रु दिनप्रतिदिन ठगिनु नियतिजस्तै भएको छ । यो सडक कच्ची हुँदा कायम भएको भाडादर सडक कालोपत्रे हुँदा पनि नघट्दा यात्रुसँग चालकले मनपरी भाडा लिने गरेका हुन् । बुलिङटारका स्थानीय बेलबहादुर दराईले अझै पनि आफूहरू चर्को भाडा तिर्न बाध्य भएको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार भएको तीन वर्ष पूरा हुँदा पनि २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तार सम्झौता भएको मितिले ४८ महिना पूरा भए पनि सडक पुनर्निर्माणको प्रगति भने निराशाजनक रहेको छ ।
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन्। घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
सुस्ता बचाऊँ अभियानका अध्यक्ष गोपाल गुरुङको मस्तिष्क घातबाट निधन भएको छ । गुरुङको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँकी जेठी छोरी पसन्द गुरुङका अनुसार २०२४ सालमा गण्डकी प्रदेशको तनहुँमा जन्मनुभएका गुरुङ सुस्ता बचाऊँ अभियानमा सक्रिय हुनुहुन्थ्यो ।
कुनै समय हिउँद नलाग्दै सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्ती पछिल्लो समय हराभरा हुन थालेका छन् । स्थानीय सरकारको प्रयासमा निर्माण गरिएका कृत्रिम जलाशयका माध्यमबाट पानीको संरक्षणसँगै सिँचाइको व्यवस्था हुन थालेपछि किसानहरू पनि कृषि व्यवसायमा जोडिएका छन् ।
चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जि
‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्यलाई चिराइतोको मूल्यले उछिनेको छ । उच्च हिमाली जिल्ला ताप्लेजुङको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यभन्दा चिराइतोको मूल्य धेरै भएपछि किसान र व्यवसायी उत्साहित भएका छन् । चिराइतो व्यवसायी तथा सङ्कलक स्थानीय गोविन्दराज बरालका अनुसार ताप्लेजुङमा चिराइतो प्रतिमन (४० किलोग्राम) ३० देखि ३२ हजार रुपियाँमा कारोबार भइरहेको छ । झापाको बिर्तामोडमा प्रतिमन ३५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
चितवनका नदी किनार होटल र रिसोर्टले भरिएका छन् । कुनै समय बाढीले जग्गा कटानको समस्या भोगेका किसान अहिले ठूला लगानीकर्ताले जग्गा खरिद गरेपछि त्यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । पश्चिम चितवनको जगतपुरदेखि मेघौलीसम्मको क्षेत्रमा पर्यटन व्यवसायीले जग्गा खरिद गरेर राखेका छन् । ती क्षेत्रमा अहिले ठूला होटल खुलेका छन् भने कतिपयले पछि खोल्नका लागि जग्गा ओगटेर राखेका छन् ।
होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिका सुर्खेतका लेखा अधिकृत मोहनबहादुर बुढासमेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। खाली बिलमा किर्ते बिल भर्पाई तयार गरी भुक्तानीका लागि गोश्वारा भौचर र बैङ्कको चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको देखिएको अख्तियारको आरोप छ।
सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय प्रमुखको बैठकमा फोहोर व्यवस्थापनका विषयमा छलफल भएको र त्यसैबाट स्थानीय पालिकासँग छलफल गर्ने निर्णय भएको बताउनुभयो । उहाँले विशेष गरी महाकालीको सीमा क्षेत्रका स्थानीय तहमा भित्रिने प्लास्टिक र मदिराका सिसी व्यवस्थापनका विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीमा नेपाल र भारततर्फ
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।