• १३ वैशाख २०८१, बिहिबार

क्रसर उद्योगलाई समयसीमा

blog

काठमाडौँ, माघ १२ गते । सरकारले क्रसर उद्योग नियमन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र बिनाअनुमति सञ्चालन भइरहेकालाई बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समय दिएको छ । महìवपूर्ण आयोजनाका लागि सञ्चालनमा आएका र आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय पनि सरकारले गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।