विज्ञान/प्रविधिको यस समयमा समाजमा तीव्र प्रतिस्पर्धा छ । साथै अहिलेको विश्व युवाको संसार हो । आधुनिकतामा रमाउने तथा प्रविधिको अधिकतम ज्ञान राखी त्यसको प्रयोग गर्ने र प्रतिस्पर्धामा अगाडि बढ्दै जाने युवा नै हुन् । युवावर्ग कुनै कारणले थला परे भने सिङ्गो समाज नै थला पर्दछ । तसर्थ स्वस्थ र सुरक्षित हुनु आजको आवश्यकता मात्रै होइन एक चुनौती पनि भएको छ ।
अमरराज नहर्कीतनहुँ, असार १३ गते । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गरेको छ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध हाम्रो व्यास नगर’ भन्ने नारासहित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा आयोजित ३५औँ नगर सभा तथा अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि कुल एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बजेटमध्ये चालू खर्चतर्फ ८६ करोड ५५ लाख छ हजार र पुँजीगततर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ । नगर सभामा प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कुल बजेटमध्ये चालूतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको बताउनुभयो । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले जानकारी दिनुभयो । प्रस्तुत बजेटमा व्यासलाई कला र सम्पदामैत्री नगर बनाइने उल्लेख गरिएको छ । ‘कलात्मक र सम्पदामैत्री व्यास नगर’ को अवधारणाअनुरूप प्राचीन एवं परम्परागत शैलीका सांस्कृतिक पहिचान झल्कने घर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याइएको हो । पर्यटकीय एवं ऐतिहासिक महìवका स्थलको संरक्षण र संवद्र्धनका लागि कानुनको तर्जुमा गर्ने नीति अघि सारेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरलाई ताररहितको नगर निर्माण गर्न सम्बन्धित निकायसँंग समन्वय गरी भूमिगत विद्युत् लाइन विस्तार एवं तार व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरभित्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण एवं विकासका लागि कानुन निर्माण गरी कार्यन्वयनमा ल्याइने नीति नगरपालिकाको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा मौलिक संस्कृतिको संरक्षण पुराताìिवक महìवका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायतका नगरवासीका मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्रका होटल र होमस्टेलाई स्वच्छ तथा सफा सुग्घर राख्दै पर्यटनमैत्री बनाउन सहयोग गरिनेछ । व्यास नगरपालिकाभित्र रहेकोे व्यासको जन्मभूमि महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने र गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण गर्ने लक्ष्य रहेको सिग्देलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सिग्देलका अनुसार ऐतिहासिक तनहुँसुर दरबार, भगवतीपानी, मानहुँकोट, गलेखामकोट, कालिका, शहीद जङ्गल पार्क, क्यामिन कालिका, कुर्लुङकोट, ऊँ सिद्धेश्वरी महादेव, छाङ्गा वाराही, देवीडाँडा, स्वामी पार्क, हात्तीगौँडा गुफा, पोखरीभञ्ज्याङ कालिकालगायतका टाकुरा तथा मन्दिरहरूको संरक्षण एवं संवद्र्धन गरी ‘टाकुरा पर्यटन सञ्जाल’ का रूपमा विकास गर्ने नगरपालिकाले नीति लिएको छ ।
सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका–१ का सातघरमा बाढीले क्षति पु-यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूर्ण क्षति भएको छ । गत वर्ष कात्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान तथा कटानले ६४ करोड रुपियाँ बराबरको क्षति पु-याएको तथ्याङ्क जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको छ । क्षति बेहोर्ने नागरिकले अहिलेसम्म राहत भने पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले राहतका लागि गरिएको सिफारिसअनुसारको बजेट प्राप्त भइनसकेको जानकारी दिनुभयो ।
उतिबेला कलिली उमेरकी कान्छी तामाङको अरू युवतीका जस्तै अनेक रहर थिए तर २०७२ वैशाख १२ गते आएको शक्तिशाली भूकम्पले गर्दा उहाँका रहर पनि बदलिए । भूकम्पपछि भत्केका घर तथा अन्य भौतिक संरचना पुनर्निर्माण गर्न स्थानीयवासीको सहभागितालाई तत्कालीन पुनर्निर्माण प्राधिकरण र दातृ निकायले जोड दिए । त्यसपछि कान्छीजस्तै धेरै युवतीको बाटो मोडियो । सामान्य लेखपढ गर्नेका लागि ज्याला मजदुरी गर्नुको विकल्प थिएन तर डकर्मीको तालिम लिएपछि उहाँको काम फेरियो । सीपयुक्त डकर्मी भएर पनि सु
प्रस्तुत दृष्टान्तहरूले हाम्रो जीवनमा स्पर्श कति महत्त्वपूर्ण हो भन्ने तथ्यलाई पुष्टि गर्छन् । स्पर्शलाई मानिसले सिकेको पहिलो भाषा हो भन्ने भनाइ छ । यो निःशब्द सञ्चार हो । स्पर्श सञ्चार (Tactile communication)मा शब्द आवश्यक पर्दैन । बोली नफुटेका बच्चादेखि प्रेमिल जोडीले मात्र होइन, जीवनको अस्ताचलमा पुगेका वृद्धजनले स्पर्श सञ्चारलाई भरपूर उपयोग गर्छन् ।
सर्लाहीमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले चुनावको खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर छ हजार २४६ जना उम्मेदवारमध्ये ९८ जनाले मात्रै जिल्ला निर्वाचन कार्यालयमा चुनावको खर्च विवरण पेस गरेका छन् ।
स्थानीयहरुको सकृयतामा बिभिन्न दाताको सहयोगमा यो क्षेत्रले आफ्नो रुप फेर्ने सफल भएसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सन्सारी सिमसारका संस्थापक सदश्य श्यामप्रकास राई बताउनुहुन्छ ।
नागरिक लगानी कोषले कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १ दशमलव ५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ । कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो ।
खोलाले बगाउँदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । आईतबार साँझ ७ः३० बजे घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा भानु नगरपालिका–७ चन्द्रावती बस्ने रचना श्रेष्ठको १ वर्ष ६ महिनाको छोरी काव्या श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिनुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुरु भएको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को पहिलो दिन उद्घाटन संगै नाटक ‘स्वर्ग जाने बाटो’ बाट मञ्चन भएको छ । नाटकले सपनामा देखेको कुराहरुको कथा बताउँछ । घरमा पाहुना बस्न आएका काकासँगको घुलमिल र आफुले देखेको सपनामा स्वर्ग गएको कथा सुनाएपछि गाउँलेहरु बैठक बसी सरसल्लाह गरेर स्वर्ग जाने बाटो बनाउने योजना नै नाटकको प्रमुख कथा हो ।
बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भएको बताउनुभएको छ ।आइतबार राजधानीमा आयोजित ‘जलविद्युत्को शक्ति : सेतो सुन’ विषयक अन्तक्र्रियामा उहाँले बीमा क्षेत्रलाई नाफाका रूपमा मात्रै नहेरी सेवा प्रवाहका दृष्टिले पनि हेर्न आग्रह गर्नुभयो । उहाँले दीर्घकालीन सोचसहित स्थिर नीति ल्याउन नेपाल राष्ट्र बैङ्क र बीमा समितिलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेशको प्रदेश सभाको बैठक आइतकार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका छन् ।विनियोजन विधेयक २०७९ माथिको छलफल गर्ने कार्यसूची रहेकोमा आइतबारको बैठक एमालेका प्रदेश सभाका सदस्यले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् । बैठकको सुरुमा एमालेका प्रदेश सभाका सदस्यले प्रदेश बजेट मूल्य मान्यताविपरीत आएको भन्दै उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका प्रमुख सचेतक दीपक निरौलालाई बोल्न समय दिनुभएको थियो ।
विधायिकी चरणमा प्रवेश गरेको साढे तीन वर्षपछि लोकसेवा आयोग विधेयक पारित भएको छ । प्रतिनिधि सभाले आइतबार राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकार गरेसँगै विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ । पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो बैठकमा विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । सभामुखबाट प्रमाणित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।