सुदूरपश्चिम प्रदेश सभा बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । मुख्यमन्त्रीको विश्वासको मतमा दलहरुबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको हो ।
इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरू करिब ३२ जना घाइते भएका छन् ।
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) आउँदै हुनुहुन्छ ।
युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।
व्यवसायी गणेश पाण्डेयको पसल अत्तरिया बजारस्थित चोकमै छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका प्रवेशद्वार मानिने चोक जहाँ दिनभरि मान्छेको चहलपहल भइरहन्छ । चहलपहल बढ्दो रहे पनि उहाँको व्यापार भने खासै चलेको छैन । भाँडाकुँडा र प्लास्टिक सामानका व्यवसायी पाण्डेयले भन्नुभयो, “कुनै–कुनै दिन त मान्छे हेरेर बसेजस्तो मात्रै हुन्छ ।”
कालीकोटको खाँडाचक्र नगरपालिकाले अघिल्लो कार्यकालमा नौवटा कानुन बनायो। दोस्रो कार्यकालमा भने एक वर्ष पूरा नहुँदै पालिकाले पाँचवटा कानुनको मस्यौदा तयार पारेको छ। यही माघ २९ गते बस्ने पालिकाको हिउँदे सभाबाट पारित गर्ने गरी ती मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
हो, म जुम्ली हुँ म जुम्लाको नागरिक म जुम्ली हुनुको गर्व म जुम्ली हुनुको स्वाभिमान सगरमाथाभन्दा अग्लो लाग्छ मलाई
उदयपुरको एक गाउँमा रमा र उनकी आमा बस्दथे । उनीहरूको परिवार गरिब थिए । गरिब भएका कारणले उनीहरूलाई बिहान–बेलुका छाक टार्न पनि धौधौ पथ्र्यो । रमाको बुवा उनी सानै हुँदा यस संसारबाट बिदा भएका थिए ।