बुटवलमा देशभरका ११ वटा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
गौतम बुद्धसम्बन्धी कतिपय पाठमा कोही एक मान्छे आएर बुद्धलाई गाली गर्नुसम्म गरेको, बुद्धका शिष्यलाई ननिको लागेको तर बुद्धबाट कुनै प्रतिक्रिया नदिएको कुरा उल्लेख हुने गरेको छ । त्यही पाठमा शिष्यहरूले बुद्धसँग यस बारेमा सोधनी गरेको तथा गाली गर्ने व्यक्ति पछि पछुताएर माफी माग्न आएको प्रसङ्ग उल्लेख गरिएको हुन्छ ।
इन्टरनेटको दुनियाँमा रमेको समाजमा बेलामौकामा विभिन्न खालका ठगीका समाचार हामीले सुन्दै र भोग्दै आएका छौँ । पछिल्लो समय विभिन्न सामाजिक सन्जाल
बाँकेको बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मासिक खर्च ७० देखि ८० हजार रुपियाँसम्म पुगेको छ तर खानेपानीका ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै रहेको छ।
समयमै मर्मत नहुँदा भारतीय भूमि सिँचाइका लागि नवलपरासीबाट लगिएको भारतीय गण्डक नहरमा बनेको प्रतापपुर क्षेत्रको पुल जीर्ण बनेको छ। यात्रुहरूले सो पुलमा जोखिम मोलेर यात्रा गर्नु परेको छ। २०१६ सालमा भारत र नेपालबीच गण्डक सम्झौता भएपछि गण्डक नहर बनाउन करिब १० वर्ष लागेको थियो। यो पुल निर्माण भएको ५० वर्षभन्दा बढी समय भइसक्दासमेत पुल निर्माणका लागि सम्बन्धित निकायले चासो देखाएको छैन। प्रतापपुर गाउँपालिकाका इन्जिनियर आनन्द यादवले ५० वर्षभन्दा पहिला निर्माण गरिएको पुलको दुवैतर्फका बारहरू भत्किएकाले जोखिम बढेको बताउनुभयो।
विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषणका क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिए पनि यो सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र पूर्वधार अभावका कारण ओझेलमा पर्दै गएको छ। सङ्ग्रहालयबारे स्वदेश तथा विदेशबाट भ्रमण गर्न आउने पर्यटकलाई जानकारी नहुँदा सङ्ग्रहालय ओझेलमा पर्दै आएको भनाइ सम्बद्ध अधिकारीको छ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीसहितको जनप्रतिनिधिहरू सम्मिलित एक उच्च स्तरीय टोलीले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ ।
घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनुभएका बन्दीपुर गाउँपालिका–४, विमलनगर निवासी सूर्यबहादुर नेपाली पक्की घर पाएपछि खुसी हुनुभएको छ । सोही ठाउँ निवासी समाजसेवी सीता थापाको सक्रियतामा घर निर्माण गरी नेपालीलाई हस्तान्तर गरिएको हो । सीताको नेतृत्वमा विभिन्न व्यक्तिबाट सहयोग जुटाएर दुईकोठे पक्की घर बनाइएको छ । विभिन्न समूह र व्यक्तिबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरिद गरी बाँकी स्थानीयवासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको हो ।
विश्व अर्थतन्त्र सहज अवस्थामा छैन । खास गरी गत वर्ष फागुनदेखि सुरु भएको रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय आपूर्तिको शृङ्खलामा अवरोध ल्यायो । कोरोना महामारीले थलिएको अर्थतन्त्रको आगोमा युद्धले घिउ थप्यो । अवरुद्ध आपूर्ति शृङ्खलाले इन्धनका भाउ बढायो । मुद्रास्फीति बढ्यो र नियन्त्रणका निम्ति ब्याजदर बढाइयो । यस्ता अनेक विश्वव्यापी समस्याका कारण धेरैजसो मुलुकका अर्थतन्त्र दबाबमा परेका छन् । दक्षिण एसियाकै कुरा गर्दा श्रीलङ्काको अर्थतन्त्र न
गुरुकुल आश्रमबाट सुरु भएको हाम्रो शिक्षा प्रणाली, दूर शिक्षा हुँदै अहिलेसम्म आइपुग्दा विद्युतीय सिकाइ र मोबाइल सिकाइसम्म आइपुगेको छ । खरिपाटीको प्रयोगदेखि ईपाटीको प्रयोगसम्म आइपुग्दा नेपालमा शिक्षण सिकाइको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छ ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि त्यसको भोलिपल्ट सरकार गठन भई शपथ खाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक महिना पूरा गरिसकेको छ । यसबीच विभिन्न उतारचढाव बेहोर्दै सरकार अघि बढेको छ । शपथ ग्रहणमा तीन जना उपप्रधानमन्त्री तथा चार जना बिनाविभागीय मन्त्री समावेश गरी सरकार गठन प्रक्रिया सुरु गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्ण रूप दिन निकै दिन लगाउनुभयो । अर्थात् माघ ३ गते मात्र सरकारले लगभग पूर्णता प्राप्त ग-यो । यद्यपि केही मन्त्रालय अझै प्रधानमन्त्रीसँग रहेका छन् ।
मधेश प्रदेश सरकारले चालू आव २०७९/८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ ।
बोलीचालीको भाषामा कहिल्यै पानी नसुक्ने र कहिल्यै जमिन देखिने क्षेत्रलाई सिमसार भनिन्छ । विश्वभर सिमसारका ४१ प्रकार छन् । तीमध्ये नेपालमा खेत, पोखरी, जलासय, ताल, नदी र धाप मात्र पाइन्छ । सन् १९७१ मा फेबु्रअरी २ तारिखका दिन इरानको वाणिज्य सहर रामसारमा विश्व सिमसार सम्मेलन सम्पन्न भएको थियो । सोही मितिलाई आधार बनाई विश्वव्यापी रूपमा सिमसारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइँदै आ
प्रत्येक वर्ष अङ्ग्रेजी फेब्रुअरी महिनाको २ तारिख विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन १९७१ फेब्रुअरी २ तारिखमा इरानको रामसारमा सिससारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि भएको थियो । यसैको वार्षिकोत्सवका रूपमा सिमसार दिवस मनाइन्छ । सिमसार दिवसका अवसरमा संसारभर जनचेतना अभिवृद्धिका लागि विभिन्न गतिविधि गरिन्छ ।
जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।