बोलीचालीको भाषामा कहिल्यै पानी नसुक्ने र कहिल्यै जमिन देखिने क्षेत्रलाई सिमसार भनिन्छ । विश्वभर सिमसारका ४१ प्रकार छन् । तीमध्ये नेपालमा खेत, पोखरी, जलासय, ताल, नदी र धाप मात्र पाइन्छ । सन् १९७१ मा फेबु्रअरी २ तारिखका दिन इरानको वाणिज्य सहर रामसारमा विश्व सिमसार सम्मेलन सम्पन्न भएको थियो । सोही मितिलाई आधार बनाई विश्वव्यापी रूपमा सिमसारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइँदै आ
प्रत्येक वर्ष अङ्ग्रेजी फेब्रुअरी महिनाको २ तारिख विश्व सिमसार दिवस मनाउने गरिन्छ । सन १९७१ फेब्रुअरी २ तारिखमा इरानको रामसारमा सिससारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि भएको थियो । यसैको वार्षिकोत्सवका रूपमा सिमसार दिवस मनाइन्छ । सिमसार दिवसका अवसरमा संसारभर जनचेतना अभिवृद्धिका लागि विभिन्न गतिविधि गरिन्छ ।
जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल लेखापढी कानुन व्यवसायीले महोत्तरीमा लेखापढीसम्बन्धी कामकाज बन्द गरेका छन्। लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीले लेखापढी पेसागत व्यवसायीलाई समातेर प्रहरीले मुद्दा चलाएको विरोधमा बुधबारदेखि अनिश्चितकालसम्मका लागि कामकाज बन्द गरेका हुन्। लेखापढी व्यवसायीको बन्दका कारण मालपोत कार्यालयको कामकाज प्रभावित बनेको छ।
समूह बनाई वनजङ्गलमा बस्न र वनमै उपलब्ध खानेकुरा खान सङ्घर्ष गर्ने बाँदर अचेल खानाको आसमा पूर्व–पश्चिम राजमार्गमा यात्रु कुरेर बस्न थालेका छन्। राजमार्ग हुँदै गन्तव्य पुग्ने यात्रुले सवारी रोकी खानेकुरा दिन थालेपछि बाँदरले राजमार्ग कुर्न थालेका हुन्।
सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदीमा उद्घाटन नहुँदै भासिएको पुल पुनर्निर्माण गर्न माग गर्दै हुलाकी सडक निर्माण सङ्घर्ष समितिले प्रदर्शन गरेको छ।
कोदो बालीको पछिल्लो समय भएको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र गुल्मीले रैथाने बाली संरक्षणका लागि अभियान नै चलाएसँगै यसको उपयोगितामा थप वृद्धि हुन थालेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
भारत सरकारले आव (सन्) २०२३/२४ का लागि ७२० खर्ब ४९ अर्ब भारतीय रुपियाँको केन्द्रीय बजेट सार्वजनिक गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार लोक सभामा उक्त बजेट अनुमान पेस गर्नुभएको हो । भारतले पेस गरेको बजेट नेपालको बजेटको तुलनामा भने करिब ४० गुणाले बढी हो ।
चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेश १ सरकारको पुँजीगततर्फको खर्च १९ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४ लाख रुपियाँ विनियोजन गरेकामा छ महिना बितिसक्दा चार अर्ब ४३ करोड १६ लाख रुपियाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको १९ दशमलव २७ प्रतिशत मात्रै हो ।
चितवनको ठिमुराबाट तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने भएको छ। निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर समस्या भएको पुलको हाल अन्तिम ढलानको काम हुँदै छ। सिमेन्टेड स्ल्याप निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ।
प्रदेश र सङ्घीय शासन प्रणालीप्रति पछिल्लो समय देखिएको असन्तुष्टिको सम्बोधन हुने र नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी प्रदेशले काम गर्नुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेश सभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभा सचिवालयले बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा नागरिकको ठूलो लगानी र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलगायतका उपलब्धिको रक्षा आवश्यक भएको भन्दै यसका लागि प्रदेश सभा सदस्यलाई दायित्व बोध र इमानदारितापूर्वक लाग्न आग्रह गरिएको हो।
विराटनगर महानगर–पालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्। बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाहजस्ता घटना दोहोरिने गरेको छ। अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगर क्षेत्रभित्र यथावत् नै छ।
गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सबिना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनहुन्छ । १७ वर्षीया सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाउनुहुन्छ ।
झापाको दमकमा दाहसंस्कार गर्ने स्थल नहुँदा मृत्यु संस्कार गर्न अप्ठेरो परेको भन्दै घाट निर्माण गरिने भएको छ। आर्थिक अवस्था कमजोर भएकालाई दाह संस्कारका लागि टाढा जना समस्या भएपछि दमकमै मुक्तिघाट बनाउन थालिएको हो। एक दशकअघिदेखि नै दमकमा मुक्तिघाट बनाउने विषयमा छलफल भएर केही बजेट विनियोजन भए पनि घाट बन्न सकेको छैन। एक दशकअघिदेखि नै दमक नगरपालिकाको नीति तथा कार्यक्रममा पनि मुक्तिघाट बनाउने विषय समावेश हुँदै आएको छ।
‘थोरै खाऊँ, सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाऊँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बुधबारदेखि आयोडन महिना सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइने प्रचलनअनुसार नेपालभर बुधबारदेखि आयोडिन महिनाका कार्यक्रम सुरु गरिएको हो ।