कालीकोटको तिलागुफा नगरपालिकाले वृद्धवृद्धाको सारथि बनेको छ । नगरपालिका प्रमुख र उपप्रमुख आफै बस्तीमा पुगेर बृद्धबृद्धा तथा अपाङगता भएका ब्यक्तिका समस्याबारेमा जानकारी लिनेगरेका छन् । नगरपालिकाले ७० वर्ष पुगेका बृद्धबृद्धालाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ ।
छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिवारबाट हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने जनाकारी दिएको हो ।
ओखलढुङ्गाबाट धरान जाँदै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका –७ हिलेपानी ओखलढुङ्गामा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी आज बुधबार दुर्घटना भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनै पर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
बाँकेको कोहपलुरमा श्रीमानले पेट्रोल खन्याएर आगो लगाएर जलाइएकी गङ्गा विकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पाल्पाको पर्यटकीय नगरी तानसेनमा खाना महाेत्सव हुनेभएको छ । तानसेन नगरपालिका –४ मखनटोलको आयोजनामा माघ २० गते फूड फेस्टिवल हुनेछ ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा समस्या आउँदा कतिपय नागरिकले भोट हाल्न नपाएको बताउनुभएको छ ।
राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपूबस्तीमा गोरु मार्नेक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।
नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका –४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मासिक खर्च करिब ७० देखि ८० हजार रुपियाँसम्म छ । तर ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै छ ।
प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका अन्य स्थानमा भइरहेको आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
कैलालीका पूर्व शिक्षक कुलासिंह बमले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाहरुको बहुभाषिक शब्दकोष तयार गर्नुभएको छ । चार हजार शब्द सम्मिलित शब्दकोषमा सुदूरपश्चिममा बोलिने पहाडी जिल्लाका सात भाषा, अङ्ग्रेजी, नेवारी, मगर, राजी, डंगौरा थारु, दङहा, पूर्वी कठरिया, मलवारी कठरिया र राना थारु गरी १७ भाषा छन् ।