दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ ।
यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ ।
दशैँ, तिहार, छठपर्वको आगमनसँगै देशको प्रमुख व्यापारीक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ ।
गुल्मीमा मानसिक स्वास्थ्य समस्यामा सबैभन्दा बढी महिला परेका छन् ।
कैलालीको टीकापुरमा आहारा खाएर एक किसानको खेतमा बसेको दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ ।
प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नेपालगञ्जमा रहेको प्रहरीको लुम्बिनी प्रदेश प्रहरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
गोरखाको भिमेसन थापा गाउँपालिकामा स्वास्थ्यकर्मीले घर–घरमा गएर स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकालाई निःशुल्क चेकजाँच सेवा सुरु गरेका हुन् ।
इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय अन्ततः स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही काम हुन सकेको छैन ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले मंगलबार आयोजक श्रीलङ्कासँग २६–२४, २५–१८ र २५–१६ ले पराजित भएको छ ।
नागरिकको सुविधाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको पहलमा राजविराज प्रवेश गर्ने मुख्य चोकमा यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ।
गत मङ्गलबार नेपालगन्जमा भएको घटनामा तोडफोड र ढुङ्गामुढाबाट भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । नेपालगन्जस्थित वडा ११ इदगाहरोडमा सबैभन्दा बढी क्षति भएकाले वडा ११ को वडा कार्यालयले क्षतिको विवरण सङ्कलन सुरु गरेको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ ।
भूउपयोग नीति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बताउनुभएको छ ।