ठुलो सपना बोकेर इजरायल गएको एक महिना नबित्दै दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामीसहित १० जना नेपाली विद्यार्थी नफर्किनेगरी अस्ताए । परिवारका सदस्यहरू शोकाकुल हुँदा छिमेकी समेत भावविह्वल बनेका छन् ।
मुस्ताङमा रहेको नेपाल-चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो ।
विश्व हुलाक दिवसको अवसरमा सोमबार जिल्ला हुलाक कार्यालय बाँकेले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ ।कार्यालयमा सेवाग्राहीलाई स्वागत, वृक्षरोपण तथा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम गरी दिवस मनाइएको कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताउनुभएको छ ।
दसैँ–तिहार र छठजस्ता चाडपर्व नजिकिएसँगै बाँकेमा तस्करी र अवैध आयात बढेको छ । चाडपर्वका बेला कपडा, लुगालगायत विभिन्न सामानको माग उच्च हुने हुँदा यहाँस्थित नेपाल–भारत नाकामा सक्रिय रहेका तस्करले भारतबाट कपडा लगायतको अवैध आयात र तस्करीलाई तीव्रता दिएका छन् ।
चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अर्याल ८७ मतान्तरले निर्वाचित हुनुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरू पूरा गर्न सरकारले ऐन कानुन र नीतिहरू सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीमा केही दिनदेखि घाम लाग्न थालेपछि किसानहरू धान भित्र्याउन सुरु गरेका छन् । मनसुन अब करिब अन्त्य भएपछि किसानहरू धान भित्र्याउनमा लागेका हुन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ । इलाम नगरपालिका–९ का नेपालीहरू गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मङ्गलबार चार जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।
मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताउनुभएको छ ।