चलचित्र ‘पशुपति प्रसाद–२ भस्मे डन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा भस्मे डनको भूमिकामा अभिनेता विपिन कार्की देखिनुभएको छ भने नायिका स्वस्तिमा खड्का र अर्का दुई नायक सौगात मल्ल र रवीन्द्रसिंह बानियाँ पनि ट्रेलरमा अटाउनुभएको छ । ट्रेलरमा प्रेम र बदलाको कथा पाइन्छ । चलचित्रले ‘पशुपति प्रसाद’ को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनलाई रोमाञ्चक तरिकाले चलचित्रमा देखाउन खोजिएको छ । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापामगरलगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
टेलिभिजन रियालिटी सो ‘महागफाडी’ को फिजिकल अडिसन सम्पन्न भएको छ । सोका निर्देशक नरेशनाथ योगी (किङ योगी) का अनुसार हजारौँ आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका एक सय प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानिएका छन् ।
लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो ।
विश्व बैङ्कद्वारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ३.९ प्रतिशत – अक्टोबर ३ मा सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको । – विश्व बैङ्कले सन् २०२५ सम्म नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने जनाएको । गत चैतमा विश्व बैङ्कले चालु आवको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
उपभोक्ता समिति र अधिकार १. उपभोक्ता समिति भनेको के हो ? उपभोक्ता समितिबाट निर्माण कार्य गराउनुका फाइदाहरू उल्लेख गर्नुहोस् । निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूले कुनै निर्माण कार्यको निर्माण, सञ्चालन, मर्मत सम्भार गर्नका लागि आफूहरूमध्येबाट गठन गरेको समितिलाई उपभोक्ता समिति भनिन्छ । लाभग्राहीहरूको प्रत्यक्ष सहभागितामा विकास निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्दा विकास कार्य प्रभावकारी हुने विश्वासका साथ उपभोक्ता समितिलाई सामान्य प्रकृति
जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ । जर्मनीमा मङ्गलबार भएको एक औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुक्रबार मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ ।
जुम्लाको हिमा नदीको किनारमा रहेको फाँटमा सिंजा गाउँपालिकाका स्थानीयले लगाएको पाक्न थालेको धान ।
रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशको दुई खर्ब ६४ अर्ब लगानी भित्रिएको छ । जसमा सबैभन्दा धेरै भारतको ८८ अर्ब ५९ करोड रहेको छ । दोस्रोमा चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान सम्पन्न भएको छ । अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टाभन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ भएको दाबी गर्नुभयो ।
इन्जिनियरिङमा स्नातक गरेका छ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ । परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत वर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो । परिषद्ले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत १० दिनदेखि विभिन्न माग राखी काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्ता र संवादमा आउन आग्रह गरेको छ। स्थानीय तहका कर्मचारीको माग छलफल गरी निकास निकाल्न मन्त्रालय तयार रहेको मन्त्रालयद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र आन्दोलनरत कर्मचारीका प्रतिनिधिबिच कर्मचारीको माग र मुद्दाबारे अनौपचारिक रूपमा छलफल भएको भन्दै मन्त्रालयले स्थानीय तहका माग र मुद्दा सम्बोधन गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।