डाक्नेश्वरी नगरपालिका–५ मा रहेको कन्तचन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा नै लाखौँ रकम हिनामिना भएको खुलेको छ । विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री तथा भौतिक स्रोतसाधन जुटाउन नमुना विद्यालय अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट ४९ लाख रुपियाँको अनियमितता भएको आरोप छ ।
सञ्चालक समिति र क्याम्पस प्रमुखको लापरबाहीले अर्घाखाँचीको एक मात्र सामुदायिक क्याम्पस पाणिनि बहुमुखी क्याम्पस आर्थिक सङ्कटमा परेको छ । २०४५ सालमा जनस्तरबाट सञ्चालन भएको क्याम्पसमा चरम राजनीतिक हस्तक्षेप र क्याम्पस प्रमुख बुद्धि भुसाल बेतलबी बिदामा बसेका कारण विगत आठ महिनादेखि प्राध्यापकले तलब पाएका छैनन् । सञ्चालक समितिले आर्थिक सङ्कट घोषणा गर्ने अवस्था बनेको क्याम्पस प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म क्याम्पसको ऋण करिब एक करोड रुपियाँ पुगेको छ ।
कर्णालीको स्वास्थ्य अवस्था विगतका वर्षहरूको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको छ । सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमबाट स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाइएको हो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७९/८० मा सम्पादित कार्यक्रमको वार्षिक समीक्षामा विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जनाएको छ । यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधारको भौतिक प्रगति ७६ प्रतिशत रहेको छ । जब कि अघिल्लो वर्ष ५६ प्रतिशत मात्रै थियो । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विभिन्न कार्यक्रमका कारण अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष केही सुधार हुँदै गएको दाबी गर्नुभयो ।
कर्णालीवासीलाई रैथाने बालीका परिकार बनाएर खाने तरिका सिकाउने योजना कर्णाली प्रदेश सरकारको छ । कर्णालीका बालबालिकामा पौष्टिक तत्त्वको कमीका कारण कुपोषण बढेपछि यस्तो उपाय निकालिएको हो । कर्णाली प्रदेश योजना आयोगले असल खानपानसम्बन्धी सचेतना पुस्तिका प्रकाशन गरेर परिकार बनाउने र खाने तरिका सिकाउने भएको छ । कर्णालीमा खाद्यान्न अभाव हुने गरे पनि स्थानीय उत्पादनका परिकारको प्रयोगमा कमी छ । पुस्तिकामा पोषणको परिचय, कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न, त्यसमा पाइने पौष्टिक तत्त्व, उपभोग गर्ने तरिका, रैथाने बाली तथा पशुपन्छी, खाद्य सुरक्षाको अवस्था, प्राङ्गारिक कृषि र मानव स्वास्थ्य, असल खानपान प्रयोग गर्ने तरिका, खाने शैली, बनाउने उपाय जस्ता विषयमा जानकारी दिइएको छ ।
सिजन अगावै एभोकाडो बजारमा पाउन थाले पछि धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन किसानसँग आग्रह गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।
कृषियोग्य जमिन र यातायात सेवाले सुगम मानिएको जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशकै सबैभन्दा सानो भूगोल भएको पालिका हो । अधिकांश पालिकावासी कृषिमा आत्मनिर्भर रहेको जोशीपुरको कुल क्षेत्रफल ६५.५७ वर्गकिलोमिटर छ । साबिकका जोशीपुर र बौनियाँ गाविस जोडेर बनेको यस गाउँपालिकामा ७ वडा छन् । वरिपरि छिमेकमा नगरपालिका भए पनि जोशीपुर भने सानो भूगोल भएकै कारण गाउँपालिका भएको बताइन्छ । यस पालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्ष छन् ।
नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।
मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ ।
आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकास नभएको जमानामा खबर, सूचना र समाचार आदानप्रदान गर्ने माध्यम चिठीपत्र थिए । ती चिठीपत्र आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम संवत् १९३८ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको इतिहास छ । सन् १९७४ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भयो । सञ्चार माध्यममध्ये यस्तो पुरानो इतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन विक्रम संवत् २०१९ मा हुलाक सेवा ऐन बनाइयो । त्यहीबमोजिम हुला
भ्रमण खर्च नियमावली, २०६४ मा सरकारी कामकाजको क्रममा स्वदेश र विदेश भ्रमण गर्दा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका पदाधिकारीलगायत नेपाल सरकारका सबै श्रेणी र तहका राष्ट्रसेवक कर्मचारीलाई भ्रमण खर्च, दैनिक भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्बन्धमा अति विशिष्ट, विशिष्ट, प्रथम, द्वितीय, तृतीय र चतुर्थ तहमा वर्गीकरण गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री वा मन्त्रीलाई अति विशि
केही दिनअघि मात्रै हामीले विश्व शिक्षक दिवस मनायौँ । चाहेको शिक्षाका लागि शिक्षक चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अपरिहार्य भन्ने नाराका साथ दिवस मनाइयो । मानव समाजले धेरै किसिमका दिवस मनाइरहेका बेला शिक्षक दिवस पनि मनाउने प्रचलन आएको हो । विश्व शिक्षक दिवसको उद्देश्य संसारका शिक्षकहरूको प्रशंसा, मूल्याङ्कन र सुधारमा ध्यान केन्द्रित गर्नु र शिक्षक र शिक्षणसँग सम्बन्धित मुद्दाहरू विचार गर्ने अवसर प्रदान गर्नु हो ।
‘जीवन र खाद्यको आधार हो पानी’ मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइरहेको छ । खाद्य दिवसको उपलक्ष्यमा कृषि विभागले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महìवबारे जनचेतना जोगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न विश्वभर नै यो दिवस मनाउँदै आएको जनाएको छ ।
दुई अर्ब रुपियाँको लगानीमा फस्ट च्वाइस फुड्स प्रालिले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेको जनाएको छ । उद्योगले नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको हो । उद्योगका सञ्चालक कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माण र मेसिन