टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् ।
हरेक वर्ष माघको दोस्रो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म कमलको जरा निकाल्ने समय मानिन्छ । यस वर्ष माघको २५ गतेबाट निकाल्न सुरु गरिएकोमा यही फागुन २५ गते सम्म कमलका जरा निकाल्ने अवधि तोकिएपछि जरा खोज्नेको घुइँचो लाग्ने गरेको छ ।
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।
नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ ।
ताप्लेजुङमा आयोजित बज्र गुरु मन्त्र जप पूजामा करिब बिस हजार बढी भक्तजन सहभागी भएका छन् । भौतिक सुख तथा मानव शान्तिको कामना गर्दै आयोजना गरिएको तीन दिने चौथो बज्र गुरु मन्त्र जप पूजामा उक्त सङ्ख्यामा भक्तजन सहभागी भएका हुन् ।
धेरै वर्षअगाडि एउटा गाउँमा शिखर भन्ने ८ कक्षामा पढ्ने केटो आफ्नो आमा, बुवा र भाइसँग बस्थ्यो । एक दिन उ विद्यालयबाट आएपछि आफ्नो साथीहरूसँग खेल्न गयो । राति उ घर आइपुग्यो । भाइले उसलाई सोध्छ हजुरको कुनै गृहकार्य छैन ? केही पढ्नु छैन तर उ केही नबोली खाना खाएर सुत्छ । बिहान पनि भाइले उसलाई सोध्छ हजुरको केही गृहकार्य छैन ? उसले भाइलाई भन्छ तिमी मलाई बारम्बार एउटै प्रश्न नसोध । मसँग जति भ
सानो गाउँमा एउटा परिवारको बसोबास थियो । बुवा, आमा र छोरा गरी त्यस परिवारमा तीन जना सदस्य मात्रै थिए । छोराको नाम निर्जन थियो । निर्जन निकै ज्ञानी र असल स्वभावको थियो । ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो । टोल छिमेकका मानिसहरू निर्जनको आनीबानीकोे खुलेर प्रशंसा गर्दथे ।
गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् ।
३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताउनुभयो ।
जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ । साट्न पनि सकिएन मनका दुःख–सुख न त भैयो एकअर्कालाई छाया दिने रुख न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ
खरानी खोस्रेर अगुल्टो ठोसठास पारेर भुतभुते तताउने
तिमीले ओढ्ने नीलो आकाश मेरो पनि हो महसुस गर्ने शीतल बतास मेरो पनि हो । मेरो मेरो भन्छौ सबै सामूहिक कुरा पनि तिम्रो मात्र हैन जनाव मेरो पनि हो ।
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
१०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सफल हुन नसकेको कैलालीमा ११औँ पटकको अभियान जारी छ। अभियान सञ्चालन भएको पाँचौँ दिनसम्म कुल लक्ष्यको आधा जनसङ्ख्याले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार पाँचौँ दिनसम्म पाँच लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्।