• ९ मंसिर २०८१, आइतबार

गीत

blog

जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ

थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ ।


साट्न पनि सकिएन मनका दुःख–सुख

न त भैयो एकअर्कालाई छाया दिने रुख

न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ

थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ ।


समयले समयको तारिरह्यो डुङ्गा

ओइलिएर नजाने यो सम्झनाको थुङ्गा

ऐना थियौँ हेर्दाहेर्दै खोइ कसरी फुट्यौँ

थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ ?