• ९ मंसिर २०८१, आइतबार

स्वतन्त्र गजल (कविता)

blog

तिमीले ओढ्ने नीलो आकाश मेरो पनि हो

महसुस गर्ने शीतल बतास मेरो पनि हो ।


मेरो मेरो भन्छौ सबै सामूहिक कुरा पनि

तिम्रो मात्र हैन जनाव मेरो पनि हो ।


गणतन्त्र छाएको छ  देशमा यतिबेला 

नकुर्ल भो अब आवाज मेरो पनि हो ।


एउटै हातले आकाश थाम्छु भो नभन तिमी 

यो आँट भर्न दिने साथ मेरो पनि हो ।


पृथ्वीमा पाइने यी पञ्चतत्वहरू सबै

जति तिम्रो उति भाग मेरो पनि हो ।

गान्तोक, सिक्किम