प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ ।
चीनको होङजाउ सहरमा आयोजना भएको १९ औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरू चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
यो वर्षको चाडपर्व नजिकिएसँगै सिन्धुली जिल्लामा स्थानीय तहले वर्षादको मौसममा बाढीपहिरोले जीर्ण बनेका ग्रामीण सडकहरूको मर्मत कार्य सुरु गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ ।
रैथाने बाली जिल्लामा हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरी रैथाने बालीको संरक्षण गर्न लागिपरेको छ । जिल्लामै रैथाने बालिहरू हराउँदै गएपछि ज्ञान केन्द्र सुनसरीले रैथान बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको छ ।
स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो ।
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ गते बिहीबारदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ ।
काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कबाट २४ हजार ३४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिइकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पोखरा महानगरपालिका-३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ ।