• १४ जेठ २०८१, सोमबार

एसियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई स्वदेशमा स्वागत

blog

१९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत । तस्बिर : विकास द्वारे

काठमाडौँ, असोज २३ गते । चीनको होङजाउ सहरमा आयोजना भएको १९ औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली कांग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासङ्घका अध्यक्ष एवम् राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ, कर्मचारी सङ्घका अध्यक्ष सरस्वती केसी, पूर्व अध्यक्ष रञ्जन थापा लगायतको उपस्थिति रहेको थियो ।


एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङले रजत र कबड्डी टोलीले कांस्य पदक प्राप्त गरेको थियो ।

खेलाडीहरूलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरी राष्ट्रिय खेलकुद परिषदमा विशेष कार्यक्रमका बिच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।