परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ ।
उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ ।
गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरू अब भने सहयोगको आशा मारिसकेका छन् ।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो ।
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ ।
इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।
जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको चिल्दा दुई बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।
बाँकेको पसरपुर–गौघाट सडक खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । सडक निर्माणको ठेक्का पाएको कनकाई–गणपति जेभिले सुरुवती चरणका काम सकिएको जानकारी गराएको हो ।
झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु भयो ।
पर्वतको पैयुँ गाउँपालिकामा लगाइएको धान खेती वाला लागेसँगै ढलेर सोतर बनेपछि कृषक मर्कामा परेका छन् । कृषकले पालिकाले अनुदानमा उपलब्ध गराएको खुमल चार जातको धानको बिउँ करिब १५ हेक्टर जमिनमा रोपेका थिए ।